Dharatal Online

Ad

बैदेशिक रोजगारी छोडेर अर्गानिक तरकारी खेतीमा

७८ पटक

मकरराज धामी
बझाङ, २८ माघ । जयपृथ्वी नगरपालिका ३ हेमन्तवाडाका गजेन्द्र ओली करिब २ वर्षसम्म विदेशमा काम गरेर फर्केपछि अर्गानिक तरकारी खेतीमा लागेका छन् ।

दुवईको स्टोर किपरको जागिर छोडेर अर्गा्निक तरकारी खेतीमा होमिएका ओली जिल्ला कै नमुना किसानको रुपमा चिनिन थालेका छन् । बार्षिक १ लाख ५० हजार जग्गाको भाडा तिर्ने गरि बझाङ सदरमुकाम नजिकै जमिन भाडामा लगेर अर्गानिक खेती सुरु गरेका छन् । उनले गरेको तरकारी खेती हेर्न र सिक्नका लागी जिल्लाका विभिन्न ठाउँका कृषकहरु उनको बारीमा आउन थालेका छन ।

दुई वर्ष अघि स्थानिय कृषि सहकारीबाट २ लाख क्रृण र ५ लाख नगद लगानी गरेर तरकारी खेती ओलीले अहिले तरकारी खेतीमै परिवारका ५ जनालाई पुर्णकालिन रोजगारी पनि दिएका छन । उनले हेमन्तवाडाकै डुङग्रीजिउलोमा करिब २० रोपनी खेत भाडामा लिएर आधुनिक प्रविधीबाट तरकारी खेती गर्दै आएका छन । सुरुमा यति धेरै लगानी गरेर तरकारी खेती नर्गन धेरै आफन्तले आग्रह गरेको भए पनि उनले कसैका कुरा सुनेनन । तरकारी लगाएर को उंभो लागेको छ लगानी डुब्छ ? बरु विदेश जाउ भन्थे । कसैका कुरा नसुनेर थालेको हुं राम्रै भएको छ’ यो सिजनमा मात्र उनले दुइवटा पलाष्टीक टनेलबाट ५ लाख भन्दा बढीको गोलभेडा बेचे उनले भने ।

तरकारी खेती कै लागी भनेर उनले ५ वटा गुम्बज टनेल र २ वटा फलामे ट्रष्ट भएका अत्याधुनिक टनेल निमार्ण गरेका छन । आधुनिक टनेल भित्र एउटै बोटमा १५ किलो सम्म गोलभेडा फलेको बताउने उनले काउली, बन्दा, रायो, गाजर, रामतोरिया, भन्टा, घनिया, जस्ता तरकारी र सागपात उत्पादन गर्ने गरेको बताए । सबै गरेर प्रतिबर्ष ६ सय क्विन्टल भन्दा बढी तरकारी उत्पादन हुने गरेको बताउदै लागत खर्च कटाएर बर्षमा ११÷१२ लाख सजिलै मुनाफा हुने गरेको अनुभव सुनाए ।

मल, विउ, औजार र काम गरेको खर्च कटाएर ठिकै आम्दानी भैरहेको छ तरकारी खेतीमा साथ दिदै आएका उनका दाजु रमेस ओलीले भने । १० वर्ष भाडाकै जग्गामा खेती गर्ने र त्यसपछि आफ्नै जग्गा किनेर ठुलो स्केलमा व्यवसायिक तरकारी खेती गर्ने सोच रहेको उनले बताए । कुनै पनि रासायनिक मल र विषादीहरु प्रयोग नगरिकन उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागी फाईदाजनक हुने भएकाले कतिपय ग्राहकहरु उनको बारीसम्म नै तरकारी किन्न पुग्ने गरेको बताए । उनले पशु बस्तुको मलमुत्र लाई राम्रो संग कुहाएर कम्पोष्ट मल बनाउने गरेको बताए ।

तरकारीमा लागेको रोग किरा नियन्त्रणको लागी स्थानिय स्तरमा पाईने तितेपाती, केतकी, टिमुर, बोझो जस्ता वनस्पतीबाट जैविक विषादी तयार गर्ने गरेको उनले बताए । अर्गा्निक तरकारी कै व्यवसायीक खेती गर्नका लागी उनका दाजु रमेश ओलीले महेन्द्रनगर स्थित क्षेत्रिय कृषि तालिम केन्द्रबाट अगुवा कृषकको तालिम समेत गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्
Ad