७ बैशाख २०८१, शुक्रबार

अभिनेता रमित ढुंगाना  ‘कुखुरा चोर’ बनेपछिको त्यो किस्सा

बुटवल । फिल्म ‘माया नमार’बाट अभिनय यात्रा सुरु गरेका अभिनेता हुन् रमित ढुङ्गाना। जति बेला उनले अभिनयको कुनै सपना देखेका थिएनन्।

पारिवारिक माहोल अभिनयसँग जोडिए पनि रमितमा भने अभिनयको सोख थिएन। दाजु अमित ढुंगाना सुटिङमा गएका बेला उनी पनि समय बिराएर सुटिङ टहलाउने पुग्थे। तर, अभिनय गर्छु वा नायका बन्छु भनेर सोचेका रहेनछन्।

अचानक फिल्म ‘माया नमार’ निर्माणका क्रममा उनलाई अभिनेताको भूमिका निर्वाह गर्नैपर्ने परिस्थिति सिर्जना भयो। अन्य अभिनेताहरुको समय अभावका कारण उक्त फिल्ममा बाध्य भएर अभिनेताका रुपमा प्रस्तुत भएका रमित त्यस पश्चातका चर्चित सुपरस्टाकार रुपमा स्थापित हुन पुगे। 

उतिबेलाका सुपरस्टार कहलिएका रमित यतिबेला कहाँ र के गर्दै छन् भन्ने सबैको चासोको विषय बन्न सक्छ।

उनी पुनः अभिनय यात्रामा फर्कने तरखरमा रहेछन्। शनिबार पेप्सिकोलास्थित आफैंले सञ्चालन गरिरहेको केएफसीमा भेटिएका रमित आफू अभिनय यात्रामा फर्कने तरखरमा रहेको सुनाए। उनले भने, ुफिल्म ‘राजा साहेव’का लागि तयारीमा छौं, सायद चाँडै नै फ्लोरमा जान्छ।ु

संयोगले भेटिएका रमितले आफ्नो अभिनय यात्राको एक रमाइलो किस्सा पनि सुनाउन भ्याए। केही रोमान्टिक शैलीमा उनले आफ्नो अभिनय यात्रा सम्झँदै भने, ‘हिम्मत भन्ने फिल्ममा मैले कुखुरा चोरेर खाने एउटा सिन छ। त्यो सिन मेरा लागि निकै अविस्मरणीय रह्यो।

ुउक्त फिल्म नेपाली बजारमा राम्रैसँग चल्यो। फिल्म चलेपछि म जहाँ जहाँ अन्य फिल्मका लागि सुटिङमा जान्थेँ, त्यहाँचाहि कतिपय दर्शकहरुले तपाईंले अब कुखुरा चोर्नु पर्दैन हामी आफैं ल्याएर दिन्छौ भनेर दिनुहुन्थ्यो। त्यो क्षण चाहिँ अहिलेसम्म पनि सम्झिरहन्छु।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्