७ बैशाख २०८१, शुक्रबार

गुल्मीका स्वास्थ्यकर्मीलाई खोप सम्बन्धी तालिम

गुल्मी । गुल्मीका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई खोप, कोल्डचेन व्यवस्थापन र ए.ई.एफ.आई, सर्भिलेन्स सम्बन्धी तालिम दिईएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा बैशाख १६ गतेदेखि १९ गतेसम्म पहिलो चरण र बैशाख २० गतेदेखि २३ गतेसम्म दोश्रो चरण गरी दुई चरणमा तालिम प्रदान गरिएको हो । नयाँ तथा तालिम नलिएका खोप सेवा दिने स्वास्थ्यकर्मीहरुलाई खोप सेवाबारे जानकारी गराई क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । 

सीपमा आधारित यो तालिममा स्वास्थ्यकर्मीलाई खोप दिने तरिका, खोप ढुवानीमा अपनाउनुपर्ने सतर्कता, खोप सञ्चालन तथा फोहोर व्यवस्थापन, खोप दिँदा र दिइसकेपछि सम्बन्धीत व्यक्तिलाई परामर्श दिने, खोपका नकारात्मक प्रभाव उत्पन्न भइहाले तिनको व्यबस्थापन गर्ने जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।  

तालिममा  विश्व स्वास्थ्य संगठन आई.पि.डी. कार्यालय, बुटवलका सिनियर मेडिकल अफिसर डाक्टर रामु शर्मा, जिल्ला खोप सुपरभाइजर श्याम पोख्रेल र  गौंडाकोट स्वास्थ्य चौकी प्रमुख बोम अर्यालले प्रशिक्षण दिएका थिए  । 

जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका अन्तरगतका  स्वास्थ्य चौकीका खोप सम्बन्धी ५० भन्दा बढी स्वास्थ्यकर्मीको तालिममा सहभागिता रहेको थियो। 

सोमबार तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख दिपक खनालले तालिम लिइसकेपछि स्वास्थ्यकर्मीहरुबाट प्रदान गरिने खोप सेवामा गुणस्तरको अभिबृद्धी हुने बताए । उनले स्वास्थ्यकर्मीले अपनाउनुपर्ने निश्चित सावधानी तथा रेकर्डिङ रिपोर्टिङमा अझ बढी विश्वस्नियता बढ्ने र स्वास्थ्यकर्मीलाई जुनसुकै बेला समस्या परेमा आफुहरुको पूर्ण सहयोग रहने समेत बताए । 

सहभागीहरुको तर्फबाट बोल्दै अहेव रामकृष्ण कंडेलले  आफुहरुले लिएको खोप तालिम अपेक्षा गरे भन्दा पनि बढी उपलब्त्रीमुलक भएको बताए । उनले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता खालका तालिमहरु प्रदान गर्नुपर्नेमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्नुपर्ने बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्