रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

कपिलवस्तु । सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानीय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च, नियमित गर्भ जाँच उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छैनन । 

कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत रहेका विभिन्न स्वास्थ्य संस्थामा अहिले प्रसुती गराउने महिलाहरुले सो सुविधा पाउने गरेका छैनन । महिलाहरु सुत्केरी भएपछी रित्तो हात फर्कन वाध्य छन ।

नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप एक हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी एक हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि विभागले रकम नपठाएको  भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको स्वास्थ्य कर्मीहरुको भनाइ छ । 

शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा चैत्र  महिनादेखि भएका सुत्केरीलाई भत्ता दिन सकिएको छैन । आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले सरकारसँग माग गरिएको र रकम नपठाउँदा सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिए । 

‘हामीले गत कात्तिक मै रकम अभाव भएको भन्दै माग गरेका हौँ, अन्य रकम आएको भएपनि आमा सुरक्षा कार्यक्रमको रकम नआएकोले सुत्केरी महिलाहरुलाई सुविधा वापत रकम दिन सकेका छैनौंँ” उनले भने ।

शिवपुर स्वास्थ्य चौकीका इञ्चार्ज लेखनाथ पौडेलका अनुसार हालसम्म ७७ जना सुत्केरी महिलाहरुलाइ सुविधा रकम दिन नसकेको जनाए । “सुरुमा केहि महिलाहरुलाई उधारो गरेका थियौँ रकम नआएपछि अहिले सुविधा नै बन्द गरेका छौँ” पौडेलले भने  ।

त्यस्तै शिवराज नगरपालिकामा रहेको चनई स्वास्थ्य चौकीमा पनि ३७ जना सुत्केरी महिलालाई सुविधा दिन नसकिएको ईन्चार्ज प्रकाश पोख्रेलले वताए । ‘सुरुमा ४ लाख पेश्की लिएका थियौँ त्यसले फागुनसम्म पुग्यो त्यसपछिका महिलहरुलाई उधारो भनेर फर्काउने गरेका छौँ’ उनले भने ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय