स्थानीय आफैले गरे सडक स्तरोन्नति

पाल्पा । पूर्वखोला गाउँपालिका–५ को वीरकोट र रामपुर नगरपालिका–१० को गेझा जोड्ने वीरकोट–गेझा–बर्दले सडक स्थानीयवासीको सक्रियतामा स्तरोन्नति गर्ने काम सकिएको छ ।

सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयवासीले जनश्रमदानसँगै आर्थिक सहयोग पनि गरेका छन । सो सडक निर्माणका लागि पूर्वखोला गाउँपालिकाबाट १४ लाख रकम सहयोग प्राप्त भएको थियो ।

स्थानीय उपभोक्ताको जनश्रमदान र दुई लाख १४ हजार ८४२ गरी जम्मा १६ लाख १४ हजार ८४२ को लागतमा सडक स्तरोन्नति गर्ने काम भएको उपभोक्ता समितिका सचिव जगबहादुर जर्घाले जानकारी दिए । यहाँ सडक स्तरोन्नति नहुँदा आवतजावतमा स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय