१५ चैत २०८०, बिहीबार

मुसिकोट बडागाउँमा लागेको आगो नियन्त्रण बाहिर 

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ४ को सीमा क्षेत्रमा लागीरहेको आगो अनियन्त्रित बनेको छ । दिउँसो करिब २ बजेबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको नम्बर ४ का अध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

वडा नम्बर ४ स्थित पाउखोला भन्दा माथी रहेको नाककाटे भीरबाट आगो सुरु भएको र धरमपानी, ढुँगेठाँटी, हर्लेखाली, थुम, मालारानी, बाँसपोखराका क्षेत्रहरुमा गरी करिब ५ हेक्टर क्षेत्रफलमा आगोलागी भइरहेको खत्रीले बताए ।

आगो कसले के कारणले लगायो भन्ने बिषयमा केही पनि पत्ता छैन । हावा पनि चलिरहेको कारण आगो नियन्त्रणमा समस्या भइरेको छ । आगो यसैगरी अघि बढेमा त्यस जँगल क्षेत्रमा रहेको पैयापाटा बस्ती जोखिममा पर्न सक्ने खत्रीले बताए ।

आगलागी निभाउन प्रहरी, स्थानीय क्लब, स्थानीय र जनप्रतिनिधिहरु खटिएको र नेपाली सेनालाइ पनि जानकारी गराइएको छ ।आगो नियन्त्रणमा लिन मुसिकोट नगरपालिकाले राखेका दुइ वटा ट्याङकर पनि प्रयोग गरिएको छ । 

वन कार्यालय गुल्मीमा पनि यस बिषयमा जानकारी गराइएको छ । वनमा भइरहेको आगो बस्तीमा पस्न नदिनको निम्ती सहयोग गर्न सबैलाइ आग्रह गरीएको छ ।

स्मरण रहोस यस अघि पनि बडाँगाउमा लागेको आगलागीले करिब ६० घर जलेका थिए भने एक जनाको मृत्यु भएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्