विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

गुल्मी । धुर्कोेट गाँउपालिका वडा ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूको सँस्था पाञ्चायन मावि पूर्व विध्यार्थी मञ्चले सामाग्री हस्तान्तरण गरेको हो । 

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २० जना विद्यार्थीहरूलाई कापी र पेन्सिल कलम वितरण गरिएको हो । जसमध्ये आधारभुत तहका १६ जना र मावि तहका चारजनालाई सामाग्री वितरण गरिएको छ । 

घरमा आर्थिक अवस्था कमजोर हुने विद्यार्थीहरूलाई अध्ययन कार्यमा सहजता ल्याउनको लागि सामाग्री प्रदान गरिएको तदर्थ समिति सदस्य राजु कुँवरले बताए । 

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले सबै विद्यार्थीहरूलाई विद्यालय भित्र ल्याउन गाँउपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए । विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले कार्यक्रम गर्ने विद्यार्थीहरूलाई धन्यवाद दिए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय