गुल्मीमा भ्रष्टाचारको विरुद्धको वक्तृत्वकला 

गुल्मी । जिल्लामा माबिस्तरीय ‘भ्रष्ट्राचार बिरुद्धको अभियानमा नागरिकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

भ्रष्ट्राचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा तम्घासमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भ्रष्ट्राचार विरुद्ध लड्न सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । 

संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेले भ्रष्ट्राचार विरुद्धको लडाइ सुरु भएको उद्घोष गर्दै कार्यक्रम सञ्चालनको श्रोत र खर्च रकमको विवरण पेश गरे । उनले अन्य संघ संस्थाहरुलाई पनि हरेक कार्यक्रमको आम्दानी र खर्चको विवरण पारदर्शी बनाउन आग्रह समेत गरे । 

रेसुङ्गा नगरपालिकाभित्रका १० वटा बिद्यालयको सहभागीता प्रतियोगितामा महेन्द्र नमुना मा.वि.की सोनिया श्रेष्ठ प्रथम, उपल्लो तम्घास मा.वि.का चुरामणि पाण्डे द्वितीय र गण्डकी इङ्लिस बोर्डिङ  स्कुलका सुदर्शन अर्याल तृतीय भएका छन् । प्रतियोगिलाई पुरस्कारको व्यवस्था पनि गरिएको थियो ।

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्ट्राचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले यस जिल्लामा पनि भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय