१६ चैत २०८०, शुक्रबार

२७ हजार अवैध कुखुराका चल्ला बरामद

नेपालगञ्ज । पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले चालू आर्थिक वर्षको नौ महीनामा २७ हजार ४३० अवैध कुखुराका चल्ला र चार हजार २४४ ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरेको छ । 

अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो । चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा १०६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८२६ अण्डा बरामद गरी नष्ट गरिएको छ । तीमध्ये सबैभन्दा धेरै साउनमा एक हजार ३४४ ब्रोइलर कुखुरा बरामद गरिएको तथ्याङ्क छ ।

सो अवधिमा मात्रै एक हजार ३०० चल्ला बरामद गरिएको थियो । अवैधरुपमा कुखुरा, चल्ला, मासु, अण्डा ओसारपसार गर्नेलाई पक्राउ गरी कारवाही गरिएको छ । नौ महिनामा रु नौ लाख ६४ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्