पूर्वाधार विकासको पर्खाइमा शुद्धोधन दरवार

कपिलवस्तु । राजा शुद्धोधनको दरवारको पूर्वाधार विकासको अभावमा रहेको छ । भगवान गौतम वुद्धको क्रिडा स्थल प्राचिन कपिलवस्तु तिलौराकोट ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी हो । शाक्य वंशिय राजा शुद्धोधनको दरवार तथा राजकुमार सिद्धार्थ गौतमले आफ्नो जिवनको प्रारम्भिक २९ वर्ष व्यतित गरेको पवित्र स्थलको रुपमा तिलौराकोट दरवार रहेको छ ।

दरवारको सम्र्पुण भग्नावसेसहरु पत्ता लागि सक्दासमेत दरवारको संरक्षण तथा भौतिक पूर्वाधार निर्माण नहुँदा अलपत्र रुपमा रहेको छ । लुम्बिनी विकास कोषका पुरातात्व अधिकृत कृष्ण बहादुर केसीका अनुसार तिलौराकोटको दरवासको पश्चिमी तथा पूर्वी ढोकाको पहिचान भएको र दरवारको भग्नावशेस पत्ता लागेको जानकारी दिए ।

उनका अनुसार तिलौराकोट दरवारको सम्पूर्ण कम्पाउण्डको उत्खनन गरिएको छ । नेपाल सरकारले उत्खनन् भएको दरवारको पार्क तथा संरक्षणको कार्यक्रम नल्याउँदा अहिले दरवार अलपत्र तथा अव्यवस्थित रुपमा रहेको उनले राजधानीसंग बताए । ‘सन १९६७ देखि १९७० सम्म जापान सरकारको सहयोगमा उत्खनन भएपनि आवश्यक पूर्वाधार निर्माण गर्न सकिएको छैन’ उनले बताए ।

तिलौराकोट सदरमुकाम तौलिहवा देखि ३ किमी उत्तर पश्चिममा वाणगंगा (भागीरथी) नदिको पुर्वीय तटमा अवस्थित यस स्थानमा प्राचिन पुरातात्विक भग्नावेषहरु रहेका छन । भगवान वुद्धका पिता राजा शुद्धोधनको राज प्रसाद रहेको यसै स्थानमा आज भन्दा २५ सय ५५ वर्ष अघि भगवान वुद्धले आमा माया देवीको गर्भमा वास लिएका थिए । त्यहाँबाट लुम्विनीमा जन्म भई तिलौराकोटमा २९ वर्ष जिवन यापन गरेका थिए ।

नेपालमा रहेको राजा शुद्धोधनको दरवारलाई भारतले पछिल्लो समय आफ्नो देशमा नै राजा शुद्धोधनको दरवार भएको भन्दै प्रचार प्रसार गरिरहेको छ । उसले भारतको कपिलबस्तु दरवार भन्दै निर्माण तथा प्रचार प्रसार गर्दै आएको छ । नेपाल सरकारले भने कुनै चासो नराख्नुलाई स्थानीयले आक्रोश पोखेका छन ।

तिलौराकोटमा पुरातात्विक आधारहरु प्रशस्त रहेका छन । उत्तर दक्षिण १७ सय फिट लामो र पुर्व पश्चिम १३ सय फिट चौडा र आठ देखि १२ फिट सम्म चौडा पर्खाल भएको प्राचिन कपिवस्तुको राजधानी तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननवाट तिनवटा भग्नावशेष स्पस्ट रुपमा देखिन्छन । ति भग्नावेशहरुमा पश्चिमद्धारको रुपमा परिचित भागमा उत्खनन दुवै तर्फ वुर्जाहरुका साथै ईट छापिएको १९ फिट चौडा वाटोको दुवैतर्फ डवलीहरु छन ।

राजा शुद्धोधनको दरवार, सुरक्षा पर्खाल, पोखरी, यशोधरा राहुल विहार, सिद्धार्थ गौतमको पाठशाला, तत्कालिन देव मन्दिर रहेका छन भने उत्खननबाट ताम्र मुद्रा, अन्य धातुका वस्तुहरु प्राप्त भएको पुरातत्व अधिकृत केसीले जानकारी दिए । शुद्धोदनका राजमहल उत्खनन गर्दा कुशाड, मौर्य, सुडगा कालका सिक्काहरु, भाडाका टुक्राहरु र तत्कालिन हतियार गाग्राहरु फेला परेका थिए ।

भगवान गौतम वुद्धले सांसारिक जिवन त्याग गरि ज्ञान प्राप्तीका लागि आफ्नो राजदरवार त्याग गरि गएको पुर्वीद्वरका रुपमा परिचित महाभिनिष्क्रमण द्वार उत्खनन हुँदा १९ फिट चौडा वाटो, दायां वायां दुई वुर्जा, माला, गुटिका, चुरा र व्राहमी अभिलेख युक्त मोहर छाप प्राप्त भएका छन ।

भारत, जापना, युनेस्को तथा नेपालका पुरातत्वविदहरुबाट पटक पटक गरिएको उत्खननले पुर्व पश्चिम प्रवेशद्धार विचमा राजप्रसादको केहि खण्ड तथा पुर्व पश्चिम र दक्षिण तर्फ सुरक्षा पर्खालहरु उत्खनित भैसकेका छन । अझै प्रशस्त प्राचिन अवशेषहरु उत्खननको पर्खाइमा रहेका छन । विरुद्धकद्धार विध्वंस गरिएको प्राचिन कपिलवस्तु तिलौराकोट भग्नावेशषको रुपमा रहेको छ । यसको चारै चारैतर्फ अतिमहत्वपुर्ण स्तुपहरु रहेका छन । पुर्व दक्षिण तर्फ सुरक्षा नहर समेत रहेको पाइन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय