६ बैशाख २०८१, बिहीबार

बाँकेका बालबालिका अझैपनि विद्यालयको पहुँच बाहिर

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन ।

वडाध्यक्ष चन्द्रीका गुप्ता अभिभावकलाई शिक्षाको महत्व थाहा नहुँदा उनीहरुका बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताउनुहुन्छ । “वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेको छ”, उनले भने । उक्त वडामा पाँच सामुदायिक विद्यालयमा करीब एक हजार ५०० विद्यार्थी अध्ययरत छन । झण्डै ५०० बालबालिका बिद्यालयको पहुँचभन्दा बाहिर छन ।

वडा कार्यालयले विद्यालय भर्ना अभियानसमेत थालेको छ । शिक्षक, शिक्षिकालाई हरेक दिन बिहान घरदैलोमा लगेर विद्यालय भर्नाका लागि अभिभावकलाई सम्झाउने काम गर्दै आएको वडाअध्यक्ष गुप्ताले बताए । विपन्न परिवारका बालबालिकालाई वडा कार्यालयले कापी, कलम, पोसाक, झोलालगायत शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्