विप्लवका रुकुम पूर्व इन्चार्ज नकाल पक्राउ

रुकुमपूर्व । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन । उनी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ गरायला मुलपानीबाट पक्राउ परेका हुन ।

सानीभेरी गाउँपालिका –३ गरायला र सिम्ली लगायतका स्थनमा प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ता लुकीछिपि बसेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पक्राउ परेका नकाल तत्कालीन जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर हुन । नियन्त्रणमा लिने क्रममा नकालले प्रहरीलाई अश्लिल गालीगलौज तथा हातपात गरेको प्रहरीको दाबी छ । नकाललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय