८ बैशाख २०८१, शनिबार

बडिगाडमा ट्याक्सीले ठक्कर दिँदा एक जना गम्भिर घाईते

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन् । घ १ ज ५८२ नम्बरको ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकी हुन्। 

थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ। 

यसैगरी जिल्लाको गल्कोट नगरपालिका ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले धरातल अनलाईनलाई जानकारी दिनुभएको छ।

मृतकको शव पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भएको छ। सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्