१६ चैत २०८०, शुक्रबार

संस्थागत बिद्यालयहरुका लागि कार्यक्षमता अभिबृद्धि तालिम

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा संस्थागत विद्यालयहरुका लागि सञ्चालित कार्यक्षमता अभिवृद्धि तालिम आज सकिएको छ ।

शिक्षा बिकास तथा समन्वय इकाई बागलुङले आयोजना गरेको उक्त दुई दिने तालिममा ढोरपाटन नगरपालिका, निसिखोला, तमानखोला र बडिगाड गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागिता रहेको थियो ।  

तालिममा बिद्यालय छत्रबृत्ति निर्देशिका २०७४, संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२, लैङ्गिक गुनासो कार्यबिधि २०७४, हरित बिद्यालय सम्बन्धी शिक्षकरुलाई जानकारी तथा सम्वन्धित बिषयमा छलफल सहभागीलाई जानकारी गराइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । संस्थागत बिद्यालय सञ्चालन सम्बन्धमा बिद्यालयहरुले गरेका असल अभ्यास,  समस्या तथा चुनौतिहरुको सम्बन्धमा छलफल गरी कार्यलयको तर्फबाट निर्देशन समेत दिइएको छ । 

आफ्नो बिद्यालयलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि तालिम सहयोगी भएको तालिमका सहभागीहरुले बताएका छन् । 

तालिममा इकाई प्रमुख उपाध्याय र शाखा अधिकृत सरितादेवी शर्माले सहजीकरण गर्नुभएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्