बोबाङमा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते 

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकाको बोबाङबाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । 

घाइते हुनेहरुमा बोबाङका पार्वति बि.क, दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकाश यादबले जानकारी दिनुभयो । घाईतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको अबस्था अहिले सामान्य रहेको छ ।

दिउँसोपख परेको अबिरल बर्षाका कारण चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय