१६ चैत २०८०, शुक्रबार

४३ डिग्री घामको तापमा १५ घण्टा ब्रत

नेपालगञ्ज । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा (ब्रत) बसिरहेका छन ।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए ।

‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने । अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन जसले विभिन्न कलकारखानामा काम गर्छन, रिक्सा चलाउँछन वा मजदुरी गर्छन । गोरखापत्र दैनिकमा सिराजुद्दिन खानले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्