२५ रुपैयाँमा पेटभरी खाना

भैरहवा । २५ रुपैयाँमा खाना १ सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन । 

भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन ।

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन । विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ । अन्नपूर्णपोस्ट दैनिकमा सलमान खानले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय