कति कमायो ‘दाल भात तरकारी’ ले ?

बुटवल । महसंचारको व्यानरमा निर्माण भएको फिल्म दाल भात तरकारीले बक्सअफिसमा सन्तोष जनक नै कलेक्सन गरेको छ । फिल्मले शत्रु गतेको रेकर्ड तोडदै कलेक्सनलाई दाल भात तरकारीले पनि निरन्तरता दिन्छ भन्ने अपेक्षा थियो तर यर्थाथमा त्यस्तो भने भएन । फिल्मलाई दर्शकहरुले मिश्रित प्रतिक्रिया दिए भने समिक्षकहरुले फिल्मलाई झुर नै भने ।

पहिलो साता सुस्ताएको फिल्मले शनिबार भने राम्रो कलेक्सन गरेको छ । शनिबार मल्टिप्लेक्समा दाल भात तरकारी शतप्रतिशत थियो । दोस्रो शनिबारसम्म ९ दिन हुन्छ । यस मितिसम्ममा फिल्मले ३ करोड २० लाख ग्रस कलेक्सन गरेको छ । क्यूएफएक्स, क्यूएफएक्स बाहेक काठमाडौँ र क्यूएफएक्स बाहेकको मोफसलबाट करोड–करोड ग्रस कलेक्सन गरेको बताईएको छ । सोही कारण पनि फिल्मको कलेक्सन ३ करोड २० लाख भएको हो ।

शत्रु गतेको राम्रो छाप छोडेको महसंचार र निर्माता किरण केसीले यस पटक भने दर्शकहरुलाई राम्रोसंग रिझाउन भने सकेन । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, बसुन्धारा भुषाललगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्मलाई किरणको छोरा सुदन केसीले डेब्यु निर्देशन गरेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय