अमित बरालको ‘यता मेरो रगतले’ सार्वजनिक

बुटवल । नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा ‘यता मेरो रगतले’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । वैदेशिक रोजगारको लागि गएका युवाले निर्दोष हुदाँ दुःख पाएको भावलाई प्रस्तुत गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका छन ।

दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपानेको अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेको हुन । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय