एउटै फिल्ममा शाहरुख र सलमान 

बलिउड अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एउटै फिल्ममा देखिने भएका छन । पछिल्लो समय उनिहरु एकअर्काको फिल्मको प्रशंसा गर्दै आएका छन । बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन ।

निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।

सन २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए ।

त्यसको १७ वर्ष पुगिसक्दा पनि यो जोडी एकैसाथ एउटै फिल्ममा मुख्य अभिनेताको रुपमा फर्किएका छैनन । तर अब भने शाहरुख खान र सलमान खानका फ्यानहरुको यी दुवैलाई एकसाथ मुख्य अभिनेताको रुपमा पर्दामा हेर्ने सक्ने छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय