१६ चैत २०८०, शुक्रबार

अन्तरीक्षमा कसको फोहोर कति ?

अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तरीक्षमा सिर्जना भएको फोहोरले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र ९आइएसएस० मा भयानक खतरा पैदा भएको छ ।

नासाका प्रमुख जिम ब्राइडेन्स्टाइनका अनुसार भारतले स्याटेलाइट प्रतिरोधी मिसाइल परीक्षणका क्रममा ध्वस्त पारेको स्याटेलाइट कैयौँ टुक्रामा क्षतविक्षत भएको छ। यस्ता साना ठूला टुक्राहरुको संख्या ४ सय भन्दा धेरै छ । अन्तरीक्षमा थुप्रिएका यिनै भग्नावशेषका टुक्राहरुले स्पेस स्टेसनलाई खतरामा पार्नसक्ने नासाले चेतावनी दिएको छ ।


नासा टाउनहलमा बोल्दै ब्राइडेन्स्टाइनले भारतले ध्वस्त पारेको स्याटेलाइटबाट सिर्जित टुक्राहरु मध्ये धेरै ठूलो आकारका छन् । ससाना टुक्राहरुलाई नासाले ट्रयाक गरेको र ठूला टुक्राहरुको खोजी भैरहेको नासाको भनाई छ ।

अन्तरीक्ष मिसनका लागि यस्ता गतिविधिहरुले भविष्यमा निरन्तरता पाएमा त्यो सकारात्मक नहुने नासा प्रमुखको भनाई छ ।

उनले भनेका छन्, ‘भारतीय भुउपग्रह नष्ट गर्ने क्रममा पैदा भएको फोहोरका ६० वटा साना टुक्राहरुको पहिचान भएको छ । तीमध्ये २४ वटा टुक्राहरु स्पेस स्टेसनको माथिबाट गएका छन् ।’

उनी अगाडि भन्छन्, ‘यो अस्विकार्य छ । यसको असरका विषयमा नासा पूर्णरुपमा जानकार तथा स्पष्ट छ।’

यसअघि अमेरिकी सेनाले अन्तरीक्षमा फोहोरका टुक्राहरु फेला पारेको थियो र त्यस्ता टुक्राहरु स्पेस स्टेसन तथा आफ्ना स्याटेलाइटहरुका लागि खतरनाक भएको बताएको थियो ।

नासा प्रमुखका कारण भारतको पछिल्लो मिसाइल परीक्षणका कारण अन्तराष्ट्रिय स्पेस स्टेसनमा ४४ प्रतिशतले खतरा बढेको छ । यद्यपि समयक्रम सँगै यो खतरा घट्दै जानेछ किनकी विस्तारै वायुमण्डलमा झरेसँगै ती टुक्राहरु जल्नेछन् ।

अन्तरीक्षमा फोहोर गर्ने को को ?

कतिपय भारतीय विज्ञले नासाको पछिल्लो आरोपलाई ‘सय मुसा खाएर बिरालो हज गएको’ भन्ने उखानसँग दाँजेका छन् । अर्थात् अमेरिका नै अन्तरीक्षमा सबैभन्दा धेरै फोहोर गर्ने मुलुकमध्येमा एक हो । तर अमेरिकाले आफ्नो हिसाबले अन्तरीक्षमा फोहोरको अनुगमन गर्दछ । अन्तरीक्षमा ठूलो आकारका फोहोरका टुक्राको संख्या ६ हजार भन्दा धेरै छ । त्यसमा भारतका कारण पैदा भएका फोहोरका टुक्राको संख्या करीब १ सय मात्र छ ।

चीनले सन् २००७ मा एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरेको थियो । त्यसक्रममा चीनले ८ सय किलोमिटर भन्दा टाढा अन्तरीक्षमा रहेको आफ्नो स्याटेलाइट नष्ट पारेको थियो । उक्त परीक्षणबाट सिर्जित टुक्राहरुमध्ये केही अझै अन्तरीक्षमै छन् ।

अन्तरीक्षमा १० सेन्टिमिटर भन्दा ठूलो आकारका फोहोरका टुक्राको संख्या ३० हजार जति छ । ठूलो राडाबाट अमेरिकाको सेन्ट्रल स्पेस कमाण्डले यसको निगरानी गर्ने गर्दछ ।

सन् १९५७ मा पहिलोपटक अन्तरीक्षमा स्पुतनिक अन्तरीक्षयान प्रक्षेपण भएको थियो । त्यसयता अहिलेसम्म ८ हजार कृत्रिम भुउपग्रह अन्तरीक्षमा परीक्षण गरिसकिएको छ । अहिले पनि अन्तरीक्षमा करीब २ सय स्याटेलाइटहरुले काम गरिरहेका छन् । ती मध्ये अधिकांस अमेरिकाकै छन् । त्यसपछि रुस र चीनका धेरै छन् ।

भारतका अहिले कृत्रिम भुउपग्रहको संख्या जम्मा ४८ छ । अन्तरीक्षमा जुन मुलुकले धेरै स्याटेलाइट पठाएको छ, उसले नै धेरै फोहोर पैदा गरेको छ ।

के हुन्छ अन्तरीक्षको फोहोर ?

अन्तरीक्षमा फोहोर ती मानव सिर्जित वस्तुहरु हुन् जसको अब अन्तरीक्षमा कुनै प्रयोग गर्न सकिने सम्भावना छैन ।

नासाको एक अनुमान अनुसार अन्तरीक्षबाट दिनहुँ औषतमा एउटा फोहोरको टुक्रा पृथ्वीमा झर्दछ । त्यो फोहोर या त पृथ्वीमा झर्दछ, या त वायुमण्डलमा प्रवेश गर्नासाथ जलेर खरानी हुन्छ ।

पृथ्वीमा खस्ने यस्ता टुक्राहरु अधिकांस समुद्रमा खस्ने गरेका छन् । किनकी पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकेको छ ।

तर पछिल्लो ६० वर्षभन्दा अघि देखि जारी अन्तरीक्ष अभियानका क्रममा निस्किएको फोहोर ठूलो परिमाणमा आजपनि अन्तरीक्षमा रहेको छ ।

फोहोर खस्दा के हुन्छ नोक्सान ?

अहिलेसम्म अन्तरीक्षको फोहोर पृथ्वीमा खसेर कुनै क्षति भएको सुनिएको छैन।

कुनै समय चिनिया स्पेस स्टेसन थियांगोंग पृथ्वीसँग ठोक्किने चर्चा चलेको थियो । अन्ततः त्यो यान पृथ्वीमा कुनै नोक्सानी नपूराइकन समुद्रमा खसेर नष्ट भयो ।

सन् १९७९ मा ७५ टन भन्दा पनि बढि तौलको नासाको स्पेस सेन्टर स्काइल्याब पृथ्वीमा खसेको थियो । त्यसबेला विश्वभर सन्त्रास फैलिएको थियो । तर त्यो पनि समुद्रमा खसेर नष्ट भयो ।

पृथ्वीको कक्षमा घुमिरहेका स साना फोहोरका पिण्डहरु न त तल आउँदछन्, न त माथि जान्छन् । ती पिण्डहरु कक्षमा घुमिरहन्छन् । त्यस्ता फोहोरहरु अन्तरीक्षयान, कृत्रिम भु उपग्रह, तथा स्ेपस स्टेसनका लागि खतराको रुपमा रहन्छन् । पछिल्लो ६० वर्षमा विश्वमा बढेको अन्तरीक्ष गतिविधिले यस्तो फोहोरको मात्रा बढाएको छ ।

सन् २०१६ को जुलाइमा अमेरिकी प्रतिरक्षा सैन्य बलले निकट अन्तरीक्षमा करीब १८ हजार कृत्रिम वस्तुहरु पत्ता लगाएको थियो । त्यसमा सयौँको संख्यामा कृत्रिम उपग्रहहरु पनि थिए भने ठूलो परिमाणमा फोहोरका टुक्रा ।

स साना टुक्राहरुको कुरा गर्दा सन् २०१३ मा भएको एक अध्ययनले अन्तरीक्षमा १० सेन्टिमिटर सम्मको आकारका फोहोरका टुक्राको संख्या ६७ लाख रहेको छ ।

अन्तरीक्षमा जत्रोसुकै टुक्रा किन नहोस् त्यसले जरुर खतरा पैदा गरिरहेको हुन्छ । अन्तरीक्षमा कुनै समयमा दुईवटा स्याटेलाईट ठोक्किँदा समेत खरा पैदा भएको थियो ।

क्षति न्यूनिकरणको उपाय

अन्तरीक्षमा प्रक्षेपण गरिने स्याटेलाइटमा एण्ड अफ लाइफका लागि निश्चित परिमाणमा इन्धन हुन्छ ता कि उक्त रकेट, स्याटेलाइटलाई कक्षबाट बाहिर ल्याउन सकियोस्, अर्थात् त्यसलाई पृथ्वीको कक्षभन्दा तल ग्रेभयार्ड अर्थात् चिहान कक्षमा राख्न सकियोस् । त्यसबाट क्षति कम हुन्छ ।

अन्तरीक्षमा रहेका फोहोरलाई एकत्रित गर्नका लागि केही प्रयोग अवश्यपनि भएका छन् । यसमा जाली लगाएर कक्षमा रहेका फोहोर एकत्रित गरेर कक्षबाट तल तान्ने अनि पृथ्वीको वायुमण्डलमा छिराएर नष्ट गर्ने कामको परीक्षण पनि भैसकेको छ ।

तथापि यो कति प्रभावकारी तथा खर्चिलो हुन्छ भन्ने कुरा अझैपनि प्रष्ट भैसकेको छैन । आगामी दिनमा अन्तरीक्ष शक्ति राष्ट्रहरुले यसमा ध्यान दिनुपर्नेछ ।

अन्तरीक्षमा प्रवेश गर्ने सुरुवाती चरणका रुस तथा अमेरिकाले त्यस समयमा अन्तरीक्षमा जममा हुने फोहोरका बारेमा कुनै ध्यान दिएका थिएनन् । अहिले अन्तरीक्षमा पृथ्वीको कक्षमा रहेका फोहोरका टुक्रामध्ये अमेरिकाका ४ हजार भन्दा धेरै छन् भने चीनका ३ हजार भन्दा धेरै रहेका छन् । - बीबीसी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्