रुपन्देहीमा किशोरीको शव फेला, हत्याको आशंका

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका १ साँडिको भुझौली गाउँमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । 

विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी आज विहान खेतको कुलोमा वेवारिसे अवस्थामा मृत फेला परेकी हुन । निशा सोमबार साँझ खान खाएपछि आफ्नो कोठामा सुत्न गएकी थिईन । मृतकको शव पोष्टमार्टका लागाी त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ ।

गम्भीर प्रकृतिको घटना भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए । उनले पोष्टमार्टमपछि घटनाको कारण पत्ता लाग्ने बताए । “पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ” एसपी थापाले भने, “चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौँ ।”

सोमबार राति खाना खाएपछि निशा सुत्न आफ्नो कोठामा गएको र राति उनकी आमाले कोठामा हेर्दा विस्तारामा नभएपछि खोजतलास गरेको मृतक निशाका वुवा महोम्मद हिसाहारले बताए । निशा मंगलबार दिनभर खोज्दा समेत फेला नपरेको उनले बताए । यही महिनामा विहे हुन लागेको बताउँदै उनले अहिले यस्तो घटना घटेको बताए । 

सामुहिक रुपमा हत्या गरेर फालिएको हुनसक्ने स्थानीहरुको अनुमान छ । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन स्थानीयले प्रहरीलाई आग्रह गरेका छन । 

घटनामा संलग्न रहेको आशंकामा घटना स्थलबाट प्रहरीले एक युवाकलाई नियन्त्रणमा लिएको छ । 

स्रोत : सुरेश परियार/रेडियो मलमला

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय