८ बैशाख २०८१, शनिबार

वियोगान्त गीत ‘अनुसन्धान’, किशोरको अहिलेसम्मकै उत्कृष्ट अभिनय

बुटवल । बहुप्रतिक्षित एल्बम ‘अनुसन्धान’ सार्वजनिक भएको छ । लोक दोहोरीको क्षेत्रमा पछिल्लो समय एकछत्र राज गरिरहेकी चर्चित गायिका विष्णु माझि र अशोक विकको स्वर रहेको यो गीतमा सागर रेग्मीको शब्द तथा गायक एवम मोडल किशोर खत्रीको लय सिर्जना रहेको छ ।

धुन नेपालले बजार व्यवस्थापन गरेको यो गीतको म्युजिक भिडियो जनता फिल्मसले निमार्ण गरेको हो । तालिम प्राप्त कुकरको समेत प्रयोग गरिएको यो म्युजिक भिडियोमा लक्ष्मी गिरी,  किशोर खत्री, आयुष्मा कार्की, मानिकुमर राई (हुक्का दाई), बिबिसा पोखरेल लगायतको अभिनय रहेको छ ।

रेशम दर्लामी र दिपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र डि.आर. सुजनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा समाजमा घटने यथार्थ घटनालाई विषयवस्तु बनाईएको छ ।

गीत तथा म्युजिक भिडियो निमार्णमा आफुहरुले सकेको मेहनत गरेको बताउँदै मोडल किशोरले गीतलाई दर्शक तथा श्रोताले धेरै माया गरिदिनुहुनेछ भन्ने कुरामा विश्वस्त रहेको बताए । उनले एकपटक भिडियो पुरै हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरेका छन ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्