मुहार फेर्दै सदरमुकाम

गुल्मी । जिल्लाको सदरमुकाम तम्घास बजारमा पक्कीबाटो भत्कीदै जान थालेपछी मर्मत थालिएको छ । रेसुङ्गा नगरपालिकाभित्र पर्ने सदरमुकाम तम्घास बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीदै गएपछि बजारमा दैनिक जसो सवारी साधन र पदैल यात्रीले सास्ती खेप्दै आएका छन् ।

सदरमुकाम तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको छ । रेसुङ्गा नगरपालिकाले शहरी कार्यालयबाट र केहि नगरपालिकाको गरी ७ करोड रुपैयाँको लागतमा तम्घास बजारभित्रका सडक मर्मत गर्न लागिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले धरातल अनलाईनलाई बताए ।

मर्मत अन्र्तगत बजार भित्र जिर्ण भत्कीएक सडकहरु पक्की गर्ने, नाली बनाउने काम सुरु भएको नगर प्रमुख भुसालले बताए । उनले तम्घास बजारमा नाली राम्रो नहुँदा वर्षातको समयमा पैदल हिडनेलाई समेत कठिनाई हुने गरेकोले नगरपालिकाको बजेटले काम गर्न नसकेपछि केन्द्रिय बजेट ल्याएर काम सुरु गरिएको बताए । भुषालले यहि आर्थिक वर्षभित्र धेरै काम गरिसक्ने बताए । नगरपालिकाले असार मसान्त भन्दा पनि जेठमै नगरपालिका भित्रका योजनाहरु सक्नेगरी काम गरिएको भुसालको दाबी छ ।

तम्घास बजारको चिदिचौर गुल्मी अस्पताल नजिकैको झण्डै २ सय मिटर सडक पक्की नहुँदा आवत–जावतमा कठिनाई हुने गरेको छ । वर्षातमा हिलाम्मै र शुख्खा सिजनमा धुलाम्मै हुनाले अस्पताल पुग्ने बिरामीहरुले निकै सास्ती व्यहोर्नुपर्छ ।  

सडक पक्की नभएको प्रति चौतर्फी आवाज उठेपछि रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा पक्की गर्न बाँकी सडकलाई उच्च प्रथामिकता दिएर काम अगाडी बढाएको हो । केहि दिन अघिबाट बजारका बिभिन्न क्षेत्रमा पक्की गरेर भत्कीएको ठाउँमा पुनः पक्की गर्न र पक्की गर्न बाँकी रहेका सडकहरुलाई कालोपत्रे गर्न सुरु गरिएको नगरप्रमुख भुषालले बताए ।
      
तम्घास बजारमा घर छेउमा बनाइएका  नालीहरु व्यवस्थित नहुँदा वर्षातमा ठूलो पानीे पर्दा भरिएर बजारमै समस्या पर्ने खालका समस्याहरु स्थानियले झेल्दै आएका छन् ।  त्यस्ता ठाउँमा पनि नगरपालिकाले मर्मत कार्य अगाडी बढाएको छ । सडक मर्मत कार्य गर्न लागिएको गुल्मी अस्पताल र प्रहरी कार्यालय नजिकैको स्थानमा भने पैदल यात्रुलाई समेत आवत जावत गदा समस्या झेल्दै आएका छन् । 

स्थानीयले नगरपालिकाले ढिलै भएपनि काम सुरु गरेको प्रति खुसि व्यक्त गरेका छन् । तर काम समयमै सकेर अस्पतालसम्म पुग्ने बाटो सुचारु गरिदिन स्थानीयको आग्रह छ । हाल केहि दिन यता तम्घास बजारका बिभिन्न ठाउँमा गरिएको मर्मत कार्यले तम्घास बजारको नयाँ सौन्दर्य आउने स्थानियमा आशा जागेको छ ।

अघिलो वर्ष नगरपालिकाले बजार क्षेत्रको दिनढुंगादेखि बसपार्कसम्मको सडक मर्मत गरेको थियो । बजेट अभावको कारण देखाउँदै अन्य ठाउँमा मर्मत कार्य रोकिएको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय