समाज सुधार गर्ने अभियानमा किशोरी

पर्वत । पर्वतको पैंँयु गाउँपालिका–७ भोर्लेमा गठन भएको जनजागरण युवा महिला समूहका सदस्य साप्ताहिक रूपमा बैठक बस्छन । वडाका बस्ती र टोलटोलमा पुगेर सरसफाइ गर्छन ।

गाउँमा बालविवाह, महिला हिंसादेखि टोलबस्ती फोहर भएपछि समूहका सदस्य आफ्नो गाउँटोलमा भएका समस्या समाधानका लागि लागिपरेका छन । भेला र बैठक तथा अभियानमा नआउनेलाई समूहका सदस्यले जरिवानासमेत तिराउने गरेका मात्रै छैनन उठेको जरिवानाबाट डस्टबिन खरीद गरी टोलटोलमा वितरणसमेत गरिएको छ ।

नवजागरण युवा महिला समूहका सदस्य मात्रै होइन, पैँयु गाउँपालिका–६ सरौंखोलाको पैँयु युवा महिला समूहका सदस्यले पनि देउसीभैलो खेलेर आर्थिक सङ्कलन गरेर जम्मा भएको रकमले एक विद्यार्थीलाई विद्यालय पठाएका छन । लामो समयदेखि विद्यालय जान छाडेर बसेकी बालिकाको उनीहरु सामूहिक रुपमा अभिभावक भएका छन र स्टेशनरीदेखि पोशाकसम्म किनिदिएका छन । “हामी पनि विद्यालय पढ्ने विद्यार्थी हौँ”, समूहकी सदस्य मुना चापागाई्रले भन्नुभयो, “खाजा खर्च कटाएर भए पनि केही सुधारका काम गरौँ भन्ने लाग्छ ।”
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय