जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतको सिद्धार्थनगर बस्ने २६ वर्षिय शम्भु प्रजापतीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रजापतीले विभिन्न बाहाना बनाई भारतको मुम्वई घर बताउने १५ वर्षिय किशोरीलाई जवरजस्ती करणी गरेको वताईको छ । कृष्णनगरमा रहेको एक होटलमा राखी जवरजस्ती करणी गरेको भन्दै पिडित किशोरीले प्रहरीलाई उजुरी गरेकी छिन ।

पिडितको उजुरीको आधारमा पिडकलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि वढेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले धरातल अनलाईनलाई वताए ।  पिडित किशोरीलाई अहिले आफन्त नेपालको संरक्षणमा राखिएको संस्थाको संयोजक केसर विश्कर्माले जानकारी दिए ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय