१६ चैत २०८०, शुक्रबार

गुल्मीमा आफ्नै आमाले गरिन दुई महिनाकी छोरीको हत्या

गुल्मी । जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए । 

विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको पल्लीले बताए । आरोपितले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । जमुनाका श्रीमान खुम बहादुर विक हुन् । 

विकलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले धरातल अनलाईनलाई बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्