७ बैशाख २०८१, शुक्रबार

योजना तर्जुमामा नागरिक सहभागिता बढाउन जोड

गुल्मी । बुद्ध रेडियो श्रोता समुह रेसुङ्गा नगरपालिका ४ गुल्मीको नियमित बैठक सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजनाद्वारा सन्चालित रेडियो कार्यक्रम साझा बोलीको लागि प्रत्येक पन्ध्र दिनमा बैठक बस्दै आएको छ ।

बैठकमा स्थानीय तहको योजना छनोट प्रक्रिया अन्तर्गत बस्ती स्तरको योजना छनोटमा नागरिक सहभागिताको बिषयमा छलफल भएको थियो । बस्तिस्तरको योजना छनोट प्रक्रिया हुँदा आफू पनि सहभागि भएर रेसुङ्गा नगरपालिका ४ मा आवश्यक योजना माग गर्नुपर्ने समुहका सदस्यले बताएका छन । रेसुङ्गा ४ मा समुहका योजना छनोट प्रक्रिया जेठ १५ भित्र हुने वडाध्यक्ष बिजयकुमार मरासिनिले जानकारी दिए ।

यस्तै जनसेवा आमा समुहका महिलहरुले सामाजिक सञ्जाल र इन्टरनेटप्रती आफ्नो चासो हुँदाहुदै पनि प्रयोग गर्ने तरिकाबारे जानकारी नहुँदा पछि परेको बताए । उनीहरुले इन्टरनेट सिकाउने  तालिम सञ्चालन गर्न पहल गर्नुपर्ने बताए । गाउँका महिलाहरुमा अझै पनि धेरै मान्छेको अगाडि बोल्न लजाउने, डराउने समस्या रहेकाले व्यक्तित्व विकासका तालिम पनि आवश्यक रहेको महिलाहरुको भनाई छ ।

छलफलवपछि आमा समुहका महिलाहरुको कुरालाइ आत्मसाथ गर्दै समुदायको लागि विभिन्न सिपमुलक तालिम, नेतृत्व विकास तालिम, महिलालाइ इन्टरनेट सिकाइ तालिमलगायतका योजना आवश्यक परेकोले सबैको आवश्यकतालाइ ध्यानमा राखी योजना माग गर्ने श्रोता समुहले निर्णय गरेको छ ।

०७४ माघ १७ गते गठन भएको यस समुहले सामुहिक रुपमा रेडियो कार्यक्रम सुन्ने, छलफल गर्ने, प्रतिक्रिया दिने, सुशासनसँग सम्बन्धित कुराबाट समाजमा परिबर्तन ल्याउने र जनप्रतिनिधिलाइ पारदर्शी र जवाफदेही बनाउने पहल गर्दै आएको समुहकी सहजकर्ता सुनिता कंडेलले जानकारी दिईन  । 

कार्यक्रममा शिक्षा, स्वास्थ, कृषि, बिपत व्यवस्थापनलगायत सुशासनसँग सम्बन्धित बिषयबस्तु उठान हुने गर्दछन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्