८ बैशाख २०८१, शनिबार

सेनाले ग¥यो तानसेन बजारको सरसफाई 

पाल्पा । नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार कुरुप भन्दै गएकोे जनगुनासोलाई मध्यनगर गरी सरसफाई कार्यक्रम गरिएको श्री गोरखदल गणले जनाएको छ । 

जिल्लामा पर्यटकको आकर्षणमा कमी आएको सरोकारवालको तिव्र गुनासोपछि गणले सोमबार बृहत तानसेनको सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, सुरक्षकर्मी, कमचारी, विद्यार्थी र स्थानीयहरुको सक्रिय सहभागीता भएका थिए ।

गणले १४० औं वार्षिक उत्सवको अवसरमा सुन्दर नगरी तानसेनलाई अझै धेरै सुन्दर बनाउन कार्यक्रमको आयोजना गरेको गणका गणपति सुरज थापाले बताए । सेना गोली गठ्ठा र हतियारमा मात्र सिमित नभएर आवश्यक परेको खण्डमा सामाजिक हित र परोपकारी काममा सक्रिय भुमिका निर्वाह गर्न सक्छ भन्ने मनोभावनाको विकास गर्न यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिएको गणपति थापाले बताए । 

सरसफाई कार्यक्रम तानसेनको पर्यटकीय क्षेत्र पाल्पा दरवार परिसर, शित्तलपाटी, बसन्तपुर, नारायणस्थान, भुसालडाँडा, बसपार्क, बतासेडाँडा बर्तुङ्ग लगायतका क्षेत्रमा सरसफाई गरीएको गणका सेनानी मनोज डंगोलले जानकारी दिए । 

गणले जनतासंग प्रत्यक्ष जोडिने गरी, विभिन्न गाउँपालिकाहरुमा स्वास्थ्य शिविर, बालबालिकाहरुको लागि आत्मरक्षा तालिम, विभिन्न विपद व्यवस्थापन, जनचेतनाको साथै जनताको मागको आधारमा सेवामूलक काम गर्दै आएको छ । 

गणले सर्वसाधारण जनताको लागि दरवार र टुँडिखेलमा शुद्ध खानेपानीको व्यवस्था समेत गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्