‘श्रीमान गम्भिर नेपाली’ बजाउँदा प्रक्राउ परेकाहरु बिना सर्त रिहा

बुटवल । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान “श्रीमान गम्भिर नेपाली” बजाएको आरोपमा प्रक्राउ परेका दुई जना विना सर्त रिहा भएका छन । 

बैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा “श्रीमान गम्भिर नेपाली” बजाइएको आरोपमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरेको थियो ।

चौतर्फी दबाब बढेपछि उनीहरु सोमबार साँझ रिहा भएका हुन । उनीहरुलाई बिना सर्त रिहा गरिएको हो । उनीहरुलाई प्रहरीले “श्रीमान गम्भिर नेपाली” बजाएको र गणतन्त्र मुर्दाबादको नारा लगाएको भन्दै प्रक्राउ गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय