७ बैशाख २०८१, शुक्रबार

केहि समय पछि स्मार्टफोनमा चल्दैन फेसबुक, इन्स्टाग्राम र मेसेन्जर

स्मार्टफोन फोन सञ्चालन गर्नेहरुले केहि समय पछि समाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जर चलाउन नपाउने भएका टन् । तर थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले त्यसमा समाजिक सञ्जालको प्रयोग भने गर्न सक्नेछन् ।

मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध नहुने भएको बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि आफ्ना स्मार्टफोन लञ्च गर्न छाडिसकेको छ ।

अब सबै खालका विन्डोज फोनमै ह्वाट्सएप सपोर्ट बन्द हुने अनुमान गरिएको बताईएको छ। डिसेम्बरबाट विन्डोज फोनका लागि सेक्योरिटी अपडेट पनि उपलब्ध नहुने माइक्रोसफ्टको भनाई छ।

माइक्रोसफ्टका अनुसार आगामि डिसेम्बरपछि विन्डोज फोनको प्रयोग गर्दा भाइरस आक्रमणको खतरा हुनेछ । एजेन्सी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्