ढोरपाटन नगरपालिकाले ल्यायो ३४ करोड ७८ लाखको बजेट
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को निति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । नगरपालिकाको पाचौँ नगर सभामा मंगलबार शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार र पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राख्दै निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाले ३४ करोड ७८ लाख ४६ हजारको बजेट ल्याएको छ । जस अन्तर्गत सशर्त अनुदानतर्फ १३ करोड ६४ लाख, चालु तर्फ ५ करोड ४६ लाख र पूँजीगततर्फ १५ करोड ६६ लाख ४६ हजार रहेको छ ।
नगर सभामा निति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख देव कुमार नेपालीले आगामी आर्थिक वर्ष “समृद्ध नगर, सुखी नगरबासी” को आकांक्षा पुरा गर्ने दिशातर्फ केन्द्रित रहने बताएका छन । नगर प्रमुख नेपालीले नेपालको संविधान, नगर सरकार, संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रम, चालु आवधिक योजना, दिगो विकासका लक्ष्य, नगरपालिकाद्वारा निर्माण गरिएका ऐन कानुन र कार्यविधीहरु, राजनीतिक दलका स्थानीय नेतृत्वका सुझाव, विगतको अनुभव, सबै क्षेत्रहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई समेट्ने प्रयास गरिएको बताए ।
आगामी आर्थिक वर्षमा जनश्रम, प्रत्यक्ष र अप्रत्यक्ष करको खोजिबाट स्थानीय तहलाई आत्मनिर्भर बनाउन कोसिस गरिने, जनताका सेवालाई सहज र सरल बनाउन सुशासनमा वढी ध्यान दिइने, प्राप्त श्रोत साधनलाई बढीभन्दा बढी प्रयोग गरेर जनप्रतिनिधीहरुको निगरानीमा जनउपयोगी बनाइने, कर्मचारी र जनप्रतिनीधिको सामूहिक प्रयासबाट लोकतन्त्रिक मूल्य र मान्यतालाई जनहितमा प्रयोग गरिने नगरपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।
आर्थिक विकासका लागि “आर्थिक समृद्धिको पहिलो आधार कृषि” भन्ने मूल नाराका साथ कृषि उत्पादनमा व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकरण तथा बजारीकरणमा विशेष जोड दिदै सामुहिक खेती प्रणाली, सामुहिक पशुपालन विकास गरी र कृषि क्षेत्रलाई आत्मनिर्भर र मर्यादित बनाउने नीति अवलम्वन गरिने, “गाउँगाउँमा सहकारी, घर घरमा भकारी” भन्ने नारालाई आत्मसाथ गर्दै सार्वजनिक, निजी र सहकारीको तिनखम्बे अर्थ नितिलाई कार्यन्वयनमा विशेष जोड दिइने छ ।
यस्तै नगरलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन नगर क्षेत्रभित्र उद्योग स्थापनाका लागि उद्योग मैत्री नितिहरू अवलम्बन गर्नुका साथै उद्योगीहरूलाई उद्योग स्थापना गर्न विशेष प्रोत्साहित गरिने, जथाभावी अनियन्त्रित रुपमा हुने ढुङ्गा, गिटी, बालुवा, माटो उत्खननलाई रोकीने एवं खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापनलगायतका कार्य प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाअन्तर्गत वडाहरुमा आयुर्वेद सेवाबिस्तार, स्वास्थ्य जीवन तथा योग सेवा कार्यक्रम संचालन गरिदै लगिने नगर प्रमुख नेपालीले बताए । ढोरपाटन नगरपालिकामा रहेका स्थानिय जडीबुटी पहिचान, संरक्षण संकलन साथै प्रयोगमा ल्याई, ढोरपाटनमा जडिबुटी प्रशोधन केन्द्र स्थापनाको लागि प्रदेश तथा केन्द्रसँग समन्वय गरिने कार्यक्रम समेत नगरपालिकाले लिएको छ ।
त्यस्तै रोजगार प्रबद्र्धन तथा गरिबी न्यूनीकरणका लागि, गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गरी गरिबी निवारणको स्थानीय रणनीति तर्जूमा गरि रोजगारीका अवसर सिर्जना गरिने, सामाजिक विकासका लागि “दक्षजनशक्ति गुणस्तरिय शिक्षा, आत्मनिर्भर एबं समृद्घ नगर हाम्रो अपेक्षा” भन्ने मुलनारा सहित शैक्षिक क्षेत्रमा ब्यापक सुधारसँगै बिकासको निति लागुगरी एक वडा एक नमुना बिद्यालयको योजना तय गरिने, स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्दै सबै नागरबासिमा समान पहुँच पु¥याउने नीति लिइने, स्वच्छ समाज स्थापना गर्न स्वस्थ बनौं सफा रहौं, स्वास्थ्य क्षेत्रमा आमुल सुधार गरौं भन्ने अभियान नागरिकहरुको सहभागितामा गाउँ, टोल, वस्ति सफानगर सफाको कार्यक्रम सञ्चालन गरिने र खेलकुदको सर्वांगिण विकासका लागि नगरपालिका क्षेत्रमा रंगशाला निर्माणको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि आवश्यक पहल गरिने, कवर्डहलको निर्माण कार्यलाई अगाडी बढाइने निति तथा कार्यक्रममा समेटिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामाजिक रुपमा पछाडि पारिएका वर्ग तथा समुदायको पहुँचमा अभिवृद्धि गर्दै सेवा प्रवाह गरि सामाजिक रुपान्तरण मार्फत गरिबी न्यूनिकरणलाई सहयोग पु¥याउन सामाजिक परिचालन कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी वनाउँदै लगिने, बैंकहरु मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, ८० वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई घर घरमै जनप्रतिनिधिद्धारा बैंक मार्फत भत्ता पुर्याउने व्यवस्था गरीने, आदिवासी जनजातीहरुको भाषा संस्कृति र भेषभुषा सम्बन्धि सशक्तिकरण कार्यक्रम संचालन गरिने, हरेक भौतिक पुर्वाधार निर्माण गर्दा अपाङ्ग मैत्री बनाउने नीति लिइने उल्लेख गरिएको छ ।
त्यस्तै नगरपालिकाले पर्यटन विकासलाई पनि विशेष जोड दिएको छ । जस अन्तर्गत कृषि पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन, हरित पार्क निर्माण, विद्यापती स्मारक लगायतका क्षेत्रको आवश्यक प्रबद्र्धन र विकास गरिने निति कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी पूर्वाधार विकास तर्फ ढोरपाटन नगरपालिकामा रहेका विपन्न वर्गका खरको छानालाई हटाएर टिनमय वनाईने महत्वकांक्षी योजनालाई अगाडी सारेको छ । साथै नगरस्तरीय सडक गुरु योजना जारी गरीने, सडक अधिकार क्षेत्र मिच्ने, सार्वजनिक स्थानमा घर टहरा बनाउने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने, स्थानीय सार्वजनिक यातायात बस, टयाक्सी र ट् याम्पोलगायतको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन गरिने, नगरपालिका गठन हुनु पूर्व निर्माण भएका घरहरुको अभिलेखिकरण कार्य तत्काल प्रारम्भ गरिने उल्लेख गरिएको छ । निति तथा कार्यक्रममा नगर भित्रका सार्वजनिक स्थान र सडक वजार एवं सबै गाउँ टोलहरुमा १ वर्षभित्र सडक वत्ती जडान कार्य सम्पन्न गरिने, विद्युतिकरण हुनवाँकी रहेका वस्तीहरुमा विद्युतिकरण गर्दै लगिने, मुख्य बजार क्षेत्रमा सौर्य उर्जाका सडक वत्ति राख्ने कार्यलाई प्राथमिकतामा राखिने उल्लेख छ ।
बुर्तिबाङमा यसै आ.व.मा केन्द्रिय प्रसारणको विद्युतिकरण र सम्पुर्ण वडामा ३ वर्षभित्र जडान गर्न आवश्यक पहल गरिने, स्वच्छ खानेपानी स्वस्थ्य जिन्दगानी भन्ने नीतिको अवधारणलाई प्राथमिकतामा राखि काम अगाडी बढाइने र बुर्तिबाङ खानेपानी समस्यालाई यसै वर्ष सम्बोधन गर्ने योजना सहित नेवाको सहकार्य र साझेदारीमा वडामा एक घर एक धाराको व्यवस्थालाई मुर्तरुप दिने प्रयास गरिने पनि निति कार्यक्रममा उल्लेख छ ।
वन तथा जैबिक बिबिधताको संरक्षण गर्दै वैज्ञानिक वन व्यवस्थापनलाई उच्च प्राथमिकता दिईने, नगर क्षेत्रमा हुने विपद, महामारी साथै संकटलाई व्यवस्थापन गर्न आवश्यक योजना अगाडी बढाइने, फोहरमैलालाई व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको खोजी गरी उचित ब्यबस्था गर्ने कार्यलाई अगाडी बढाइने र जथाभावि फोहर फाल्ने कार्यलाई निरुत्साहित गरी नगरक्षेत्रको सबै स्थानमा सरसफाई अभियान संचालन गरिने समेत निति कार्यक्रममा उल्लेख छ ।
संस्थागत विकास तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउन जनता कार्यालयमा होइन, कार्यालय जनतामा जानु पर्छ भन्ने मुलमन्त्रलाई स्थापित गरिने नगरपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।
न्यायीक सम्पादनमा सहज र व्यबस्थित बनाउनको लागि कानुनी सल्लाहकार, ईजालास अनि वडा÷वडामा मेलमिलाप केन्द्र स्थापना गरिने नगरपालिकाको आगामी योजना रहेको छ । प्रगतिशील कर प्रणाली अवलम्बन गर्दै नयां कर तथा राजस्वका क्षेत्रहरु पहिचान गरी करको दायरा बढाईने र यसका लागि यसै आ.ब. भित्र सम्बन्धित बिज्ञबाट राजस्वको सम्भाब्यता अध्ययन गरीने लगायतका विशेष महत्वकांक्षी योजनाहरुलाई ढोरपाटन नगरपालिकाले निति तथा कार्यक्रममा समेटेको छ ।
प्रतिक्रिया थप्नुहोस्