संसारलाई रुवाएको एउटा यस्तो कारुणिक तस्बिर

यतिबेला अमेरिकालगायतका अन्य देशहरुमा आप्रवासीहरु छिर्ने क्रम बढ्दो छ । अमेरिका आप्रवाहीहरुप्रति आक्रमक बनिरहेको बेला एउटा तस्बिरले यतिबेला विश्व समुदायको ध्यान तानेको छ भने उक्त कारुणिक तस्बिरको कारण धेरैलाई रुवाएको पनि छ । 

अमेरिका प्रबेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको उक्त तस्बिर यतिबेला विश्वभर भाईरल बनिरहेको छ । अमेरिकाले मेक्सिकोबाट बढि अवैध तरिकाले छिर्न थालेपछि दुबै देशबीच आप्रवासी रोक्ने सहमति समेत बनिसकेको छ । यस्तो अवस्थामा बाबु छोरी अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएपछि यसले तरंग मच्चाईरहेको छ । उनीहरु मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा भेटिएका हुन ।

पत्रकार जुलियाले खिचेको उक्त तस्बिरले विश्व समुदायबीच आप्रवासी बहषमा नयाँ तरंग ल्याईदिएको हो । नदिमा डुबेपछि पनि छोरी बुवाकै ढाडमा देखिएकी छिन । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिएकी छिन । उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन । मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया रहेको न्युयोक टाइम्सले बताएको छ । साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेका थिए ।

उक्त तस्बिरले अमेरिका छिर्न खोज्ने आप्रवासीहरुको यात्रा कति कठिन, पीडादायक र खतरनाक छ भन्ने कुराको उजागर गर्छ । उक्त तस्बिर भाईरल भएपछि विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन ।

यता ट्रम्पले केही समययता मेक्सिकोबाट अवैध आप्रवासी बढि छिर्न थालेपछि मेक्सिकोलाई दण्डानात्मक कर लगाउने धम्की दिएका थिए । उनको धम्कीकै कारण देश जोगाउन मेक्सिको आप्रवासी रोक्न कडा पहल गर्ने सहमति भएको थियो । आप्रवासी रोक्नकै लागि मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफुले प्रयोग गर्दै आएको विलासी विमान बेच्ने घोषणा गरेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय