ड्युटीमै मस्त निद्रामा प्रहरी हवल्दार

झापा । सुरक्षार्थ खटिएका नै आफनो जिम्मेवारीको समयमा सुत्दा त्यसबाट ठुलो खतरा समेत पर्न सक्छ तथापी हाड छालाको शरिर न हो मानवीय संवेदनालाई पनि ख्याल गर्नुपर्छ । यसबीच जिल्ला मालपोत कार्यालय झापामा सुरक्षार्थ खटिएका प्रहरी हवल्दार ड्युटीको समयमा निदाएको भेटिएका छन । 

सरकारी कार्यालयमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरी नै ड्युटीमा निदाएपछि यसको आलोचना पनि भईरहेको छ । मालपोतको सुरक्षार्थ राखिएको सुरक्षा पोस्टमा मध्याह्नको समयमा प्रहरी हबल्दार मस्त निदाएका हुन । उनी निदाएको सञ्चारकर्मीहरुले धेरै पटक निगरानी गरिरहे पनि उनको निद्रा खुलेको थिएन ।

करिब १५ मिनटसम्म बस्दा पनि उनी नब्युँझेपछि नजिकै गएर फोटो खिच्दा समेत उनले पत्तो नै पाएनन । प्रहरीको नियमअनुसार ड्युटीमा खटिएका सुरक्षाकर्मी निदाउन पाउँदैनन । 

प्रहरीको पोसाकमा सुरक्षार्थ बसेका प्रहरी निदाउन नसक्ने झापा प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । तथापी गर्मीको मौसम स्वास्थ्यमा समस्या भएर हो वा अन्य कारणले त्यसमाबारे सोधपुछ हुने उनको भनाई छ । 

स्वास्थ्यको खराबीलगायत कुनै कारणबिना प्रहरी निदाए पनि त्यो नियमविपरीत हुने गरेको उनको भनाई छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय