राजेश-भुवनको बाईबाईले शिव श्रेष्ठ हाईहाई

बुटवल । नेपाली सिनेमा क्षेत्रका तीन खम्बा हुन राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ । नेपाली सिनेमा क्षेत्रमा यी तीन नायकहरुको आ–आफनै योगदान रहेको छ । पछिल्लो समय महानायक ठुलो पर्दाबाट टाढै रहेका छन भने भुवन केसी निर्माण र निर्देशनमा व्यस्त छन । हालै उनले नायकको रुपमा मिस्टर नेपालीमा अनुबन्धित भईसकेका छन । 

जहाँसम्म शिव श्रेष्ठको प्रसंग छ । उनी बाग्मतीपछि फिल्ममा देखिएका थिएनन । उनकै व्यानरमा फिल्म निर्माण भईरहेको भए तापनि उक्त प्रोजेक्ट यतिबेला रोकिएको छ । भर्खरै मात्र प्रेम गीत ३ मा अनुबन्धित भएका शिव श्रेष्ठ एकपछि अर्को गर्दै फिल्ममा आवद्ध भईरहेका छन । उनी भर्खरै मात्र लप्पन छप्पन २ मा अनुबन्धित भएका छन । जुन फिल्ममा उनी सौगात मल्लको बुवाको भूमिकामा देखिदैछन जबकी प्रेम गीत ३ मा पनि उनी प्रदिप खड्काको बुवाको भूमिकामा रहेका छन । 

उनकै सहोदर नायकहरु राजेश र भुवन बुवाको भूमिकामा देखिन नचाहीरहेका बेला शिव भने भटाभट बुवा बनिरहेका छन । प्रेम गीत ३ पनि राजेशले बुवाको रोल भएकै कारण काम नगरेको भन्दा कत्ति फरक पर्देन । यता भुवनले त बुवाको रोल कुनै पनि हालतमा नगर्ने बताईसको छन । कतिसम्म भने उनले अनमोलकै बुवाको रोलमा पनि काम नगर्ने बताउँदै आएका छन ।  यसरी राजेश र भुवनले बुवाको रोल नगर्दा शिवलाई फाईदा मिलिरहेको छ । यसरी हेर्दा राजेश र भुवनको बाईबाईले शिव श्रेष्ठ हाईहाई भईरहेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय