गुल्मेली समाज जापानको कान्तो समितिको संयोजकमा भण्डारी
गुल्मी । गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा भएको कार्यक्रमले समाजको कान्तो समिती संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको छ ।
समितीको उपसंयोजकमा बाबुराम भुषाल, तारा कार्की, शिव केसी, शिव प्रसाद खरेल, गोपाल काफ्ले, सुभाष भण्डारी, श्रीजना केसी रहेका छन् । त्यस्तै सचिवमा लक्ष्मण सापकोटा, नारायण प्रोख्रेल, प्रकाश भण्डारी र कोषाध्यक्षमा गोकुल अर्याल, विष्णु प्रसाद खरेल रहेका छन् ।
कार्यक्रममा नेपाली राजदुतावास जापानका प्रथम सचिव जित बहादुर कार्कीले परदेशमा गुल्मेलीको जमघट देख्दा खुसी लागेको बताउँदै सबै गुल्मेली एक भए र सुख दुखमा साथ सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञानहरी ज्ञवाली, निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, पूर्वअध्यक्ष यमलाल ढकाल ‘राजु’, एनआरएनए जापानका पुर्व अध्यक्ष एवम गुल्मीका रोशन के.सी, नेपाल वायुसेवा निगमका टोकियो प्रवन्धक सरोज पन्थी, कार्यसमितिका सदस्य इन्द्र थापालगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा गुल्मीमा जन्मिएर जापानको राजदुतावास नेपाल एअरलाइन्समा कार्यरत व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयाराम खरेलको स्वागत मन्तव्य एवम् सचिव नेत्र प्रसाद पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्