चट्याङबाट दाङमा युवकको मृत्यु

दाङ । चट्याङले दाङमा एक व्यक्तिको मृत्यु भएको छ । चट्याङले दाङ तुलसीपुर उपमहानगरपालिका–१५ पहेँलपुर निवासी १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ पौने ६ बजेतिर चौधरी घर बाहिर निस्केको अवस्थामा चट्याङ पद गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय