पाल्पामा अज्ञात रोगले बङ्गुर मर्न थाले

पाल्पा । निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन ।

घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताए । “आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए” उनले भने, “अहिले धमाधम मर्न थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।” अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ ।

घरमै पुगेर अनुसन्धान गर्दा रोग पत्ता नलागेपछि थप अनुसन्धानका लागि पशु सेवा विज्ञ केन्द्र पाल्पामा अनुरोध गरिएको शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताए । बङ्गुरमा पड्के रोग लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उनले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय