गुल्मीका तीन स्थानीय तहले शुक्रवार सार्वजनिक बिदा दिने
गुल्मी । गुल्मीका तीन स्थानीय तहले हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार (भोली) सार्वजनिक बिदा दिने भएका हुन् ।
रेसुङ्गा नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा हुनेछ ।
एकदशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्छ ।
प्रतिक्रिया थप्नुहोस्