१९ असोज २०८१, शनिबार

मतदाताका गुनासा सुन्दै मत माग्दै 

गुल्मी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा गुल्मीमा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

यो किसानहरु खेतबारीको काममा व्यस्त हुने समय हो । उम्मेदवारहरु आफुलाई मतदान गर्न आग्रह गर्दै किसानहरुको खेतबारीमै पुग्ने गरेका छन् । गुल्मी २ ‘२’ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का बुद्धि जिसी किसानहरुको खेतबारीमै पुगेर मतदाताहरुका गुनासा सुन्दै मत माग्ने गरेका छन् ।

चुनावी अभियानका क्रममा उनले जिल्लाको मदाने गाउँपालिकाको अग्लुङका किसानलाई खेतबारीमै पुगेर भेटेर आफ्ना लागि मत मागे । उनले यसक्षेत्रको विकास र स्वरोजगार सृजना गरी युवा पलायनलाई रोक्ने गरी आफुले काम गर्ने बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय