बडिगाडका २ विद्यालयमा रुद्धावतीकाे वक्तृत्वकला सम्पन्न
गुल्मी । रुद्धावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका वडा नं. ७ वामीको आयोजनामा ‘मेरो कल्पनाको देश नेपाल’ विषायक वक्तृत्वकला प्रतियोगिता बडिगाडका २ विद्यालयमा सम्पन्न भएको छ ।
बडिगाड गाउँपालिकाको त्रिभुवन नमुना माध्यमिक विद्यालय खर्वाङ र खड्कदेवि माध्यमिक विद्यालय दगातुम्डाँडामा उक्त कार्यक्रम आज सम्पन्न भएको प्रध्यापक हेमन्त घिमिरेले जानकारी दिए । दुबै विद्यालयमा गरि कक्षा ११/१२ का १६ जना विद्यार्थि उक्त प्रतियोगितामा सहभागि भएको घिमिरेले बताए ।
त्रिभुवन नमुना माध्यमिक विद्यालयको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ढालमणि भण्डारीले विद्यार्थिले किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञानपनि आर्जन गर्नुप्रर्ने बताउदै यस्ता कार्यक्रमले उनिहरुलाई सहयोग पुग्ने बताए । साथै भण्डारीले क्यामपसले आयोजना गरेको प्रतियोगिताले दुई संस्थाबिच मित्रवत सम्बन्धमा थप टेवा पुग्ने समेत बताए ।
सुस्मा पौडेल प्रथम, सन्दिप पौडेल द्धितिय तथा दिपा नेपाली तितृय भएको त्रिभुन नमुना मावि खर्वाको कार्यक्रममा प्रध्यापक घिमिरेको स्वागत विद्यार्थि अनिष पाठकको संचालन तथा प्रध्यापक लोकमणि अर्यालको अध्यक्षता रहको थियो ।
साथै खड्क देवि मावि दगातुम्डाँडामा सम्पन्न प्रतियोगितामा सिर्जना गिरि प्रथम, नारायण चालिसे द्धितिय तथा कोपिला गिरि तितृय भएका थिए भने प्रतियोगितामा प्रध्यापक हेमन्त घिमिरेको स्वागत, शिक्षक हरिलाल चालिसेको संचालन तथा प्रध्यापक लोकमणि अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्