यी ६१ वर्षीय वृद्ध, जसले गर्दैछन ८८ औं बिहे
काठमाडौं । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् ।
ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् । पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए ।
अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ । कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनको पहिलो पत्नी त्यतिबेला १६ वर्षकी थिइन् ।
उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् । हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन सकेन । त्यति धेरै पत्नीहरुबाट उनका कति सन्तान जन्मिए त्यसको हरहिसाब पनि उनीसँग छैन ।
प्रतिक्रिया थप्नुहोस्