१९ असोज २०८१, शनिबार

गौतम चरम आत्मकेन्द्रित र अवसरवादी : एमाले गुल्मी

गुल्मी । नेकपा (एमाले) गुल्मीले शेषकान्त गौतमको भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

गौतमले स्थानीय तहकै निर्वाचनमा गठबन्धनसंग साठगाँठ गरेकाले वडा कमिटीबाटै कारवाहीको सिफारिस जिल्ला कमिटीमा आएको थियो । नेकपा (एमाले) गुल्मीका अध्यक्ष बालसिंह काउछाले गौतमले आसन्न निर्वाचनको बिषयमा पनि पार्टी हित विपरित काम गरिरहेको सूचना प्राप्त भएकाले सवै पार्टी कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह गरे । 

पार्टीबाट कारबाहीको तयारी भएपछि गौतमले कार्तिक २० गते पत्रकार सम्मेलन गरेर गठबन्धनलाई सघाउने बताएका थिए । उनले गोकर्ण बिष्ट र पार्टी नेतृत्वको आलोचना गर्दै आफ्नो औचित्य नभएकाले साँघुरिएर बस्न नचाहेको प्रतिक्रिया दिएका थिए । 

नेकपा एमालेको जनलहरबाट अत्तालिएर विपक्षीसंग अनुचित लाभ लिएर पार्टीप्रति कुठराघात र सचेत जनताप्रति अबमुल्यन भएको एमाले गुल्मीले विज्ञप्ती जारी गरेर जनाएको छ । 

गौतमको आत्मकेन्द्रित र चरम अवसरवादी प्रवृत्तिसंगै भ्रमबाट कुनै विचलित नभएर दृढतापूर्वक उभिन सवै कार्यकर्तालाई पार्टी अध्यक्ष काउछाले अपिल गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय