अन्तरघातको पासोमा नेता
गुल्मीमा प्रत्यक्ष तर्फको सवै मत परिणाम सार्वजनिक भएकाले विजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन् । गुल्मी–२ मा एमालेले गठबन्धन पत्तासाप ग¥यो । पूर्वसहकर्मी र दुई पार्टीका सचिव गोकर्ण बिष्ट तथा रामकुमारी झाँक्री बिचको प्रतिस्प्रर्धा निकै पेचिलो बन्यो ।
देशभरको ध्यानाकर्षण गरेको गुल्मी २ मा एमालेले लालझण्डा फहराउन सजिलो थिएन । एमालेभित्रकै बरिष्ठ भन्नेहरु निर्वाचनको अन्तिम संघारसम्म पार्टी छोड्ने र फण्डाहरु बेच्ने काममा व्यस्त र मस्त थिए । आफ्नो पोल्टामा मत ल्याउन एमाले र गठबन्धनले गर्न र सकेसम्मका सवै उपायहरु अपनाए । मंसिर ४ गते निकै शान्तिपूर्ण रुपमा गुल्मी २ को मतदान सकियो ।
मंसिर ५ गतेदेखिको मतगणनाले जिल्लाकै ध्यान खिच्यो । किनभने गुल्मी १ को मतगणना रोकिएको थियो । गोकर्ण बिष्टको पालिका इस्माबाट सुरु भएको मतगणना र अग्लिएको मतान्तरले नै अन्तत विजयी बनायो । इस्माको मतले प्रदेशमा डिल्लीराज भुसाललाई समेत सांसद बनायो । किनकी भुसाललाई आफ्नै पालिका रेसुङ्गा नगरपालिकाका नागरिकले निकै कम मत दिए । फर्केर हेर्दा त्यहि इस्मा गाउँपालिका हो जहाँ हिरा एसी, बिमला खत्री र राजेन्द्र बिक्रम कुवंर जस्ता व्यक्तिहरुले स्थानीय तहमा पराजय व्यहोरे ।
यता एमालेको गण मानिएको मुसिकोटले फेरि सोचे अनुसार मत दिएन् । स्थानीय तहमा प्राप्त मतका आधारमा मुसिकोट ३, ४ र ५ मा अन्तरघात भयो । अरु वडामा पनि सोचे अनुसारको मत आफ्नो उम्मेदवारलाई दिएनन् ।
धुुर्कोट रजस्थल र नयाँगाउँ तथा बाँझकटेरीमा एमाले माथि ठुलो धोका आफ्नै मान्छेले दिए । स्थानीय सत्ताका कारण आएको निराशाले पनि उम्मेदवार प्रभावित भए । गुल्मी २ मा मुसिकोट बाहेक अन्त स्थानीय तहको नेतृत्वमा एमाले थिएन् । मुसिकोटमा एमालेलाई कम मत आएको कारण सत्ता हो । इस्मा, मालिका, धुर्कोट र मदानेमा नागरिकले सत्ताकै कारण मत परिवर्तन गरे । त्यो बिषयमा एमालेले ठुलो मुल्यांकन गरेर रणनीति बनाएको थियो ।
गुल्मी २ मा स्थानीय तहमा पत्तासाप हुँदाको पीडालाई कार्यकर्ताले अहिले बदला लिए । गुल्मी २ मा गोकर्ण बिष्ट परिचालनको पाटोमा निकै अब्बल छन् । उनको सूचनाको समपरिक्षण, जनसम्पर्क र फलोअप गर्ने बानीको धेरैले प्रशंसा गर्छन् । त्यो बाहेक बिष्टले बनाएको डिल्लीराज भुसाल र दिनेश पन्थीसहित आफ्नो चुनावी अभियानमा खट्ने सचिवालय र जिम्मेवारी दिने व्यक्तिहरुको बफादारिता राम्रो थियो ।
धेरै ठाउँमा सचिवालय र नेताहरुले निकालेका डाटाले मिस खाएन । बिवाद समाधानमा बिलम्ब भएन । आन्तरिक रणनीति, चुनावी अभियान र सञ्चार परिचालनमा गुल्मी २ को व्यवस्थापन लोभ लाग्दो भएको गठबन्धनकै नेताहरु अहिले बताउँछन् ।
गुल्मी १ मा एमालेले एउटा राम्रो भविष्य भएका नेता प्रदिप ज्ञवालीलाई विजयी बनाउन सकेन् । गुल्मी १ मा एमालेले निकै आश गरेका ठाउँबाट मत सोचे अनुसार आएन् । सुरुमै अग्रता लिएका ज्ञवालीले अन्तिमसम्म प्रतिस्प्रर्धी गठबन्धनका चन्द्र भण्डारीसंग पाँच पटक लुकामारी गर्ने स्थिती बन्यो ।
गठबन्धनको आडमा ज्ञवालीलाई सजिलै पराजित गर्ने प्रतिपक्षको दाउ थियो । उनले निर्वाचनको पछिल्ला दिनहरुमा गुल्मी २ भन्दा १ को आशा एमालेले गरेको हो । गठबन्धनलाई चुनावी अभियानमा ज्ञवाली परास्त गर्न निकै चुनौति बन्यो ।
ज्ञवालीले महसुस गरे वा गरेनन, व्यक्त गर्लान वा नर्गलान । तर पार्टी नेताभित्रको अन्तरघातको शिकार उनी बन्नु परेको छ । कालिगण्डकीमा जनमोर्चाको आश एमालेलाई थियो । स्थानीय तहमा एमालेको बुइ चढेको माओवादी अहिले सहयोगभन्दा प्रतिस्प्रर्धामा थियो । त्यसैले कालिगण्डकीमै सोचे अनुसारको परिणाम आएन् ।
चन्द्रकोट गाउँपालिमामा गठबन्धन ठुलो मतान्तरको आश ब्रेक एमालेले गरेकै हो । तर, एमालेको पकड भनिएको सत्यवतिले एमालेलाई धोका दियो । उत्साह बोकेर खोला तर्नुपर्ने ज्ञवाली निराशा बोकेर उक्लिनुप¥यो । सत्यवतिमा एमालेकै नेताले खेलेको अन्तरघातको खेल नेतृत्वले बेलैमा समाल्न सकेन् । रुरु एमालेको गढ नै हो । स्थानीय तहको निर्वाचनमा ध्वस्त थियो संरचना । अहिले त्यो क्षतिपूर्ति भयो । तर सोचे अनुसार त्यहाँ पनि भएन ।
अर्को एमाले पकड क्षेत्र छत्रकोट थियो । आफुहरुले छत्रकोट १ हुँगा बिगारेको भन्ने एमालेसंग मिथ्या विश्वास थियो । तर कांग्रेसले एमालेका नेता किनेर दिगाम बिगारेको पत्तो एमालेले पाएन वा त्यो रोकथामको उपाय खोजेन । रुरु र छत्रकोटका एमाले नेताको सवैभन्दा ठुलो आत्मघाती गोलकै कारण आज ज्ञवाली र फर्सुराम पाण्डेय पराजित बने ।
उम्मेदवारको पेरिफेरीमा घुम्नेहरुको हराउ रणनीति र फेक डाटाको आशंका बेलैमा कसैले गर्ने फुर्सद भएन । एमाले १ को सवैभन्दा ठुलो गल्ती आफ्नो क्षेत्र सुरक्षित गर्ने भन्दा अर्कोको क्षेत्रलाई विचलित बनाउने खेलले आफु व्यवस्थित बन्न सकेन् ।
अहिले गठबन्धनको निकै कोलाहल मच्चिएको छ । प्रमुख प्रतिस्प्रर्धीभन्दा गठबन्धनकै आरोप प्रत्यारोपले सामाजिक सञ्जाल रंगिएका छन् । अन्तरघातका कारण असल व्यक्तिको सम्पति र भविष्य सकिएको छ ।
आफ्ना विश्वास पात्रहरु काममा भन्दा अघिपछि देखिन रुचाउने गरेको कारण चुनाव प्रतिकुल बन्न सक्ने पूर्व संकेतलाई प्रदिपले बेलैमा चिन्न, बुझ्न र निर्मुल गर्न नसकेको आरोप अहिले एमाले भित्रकै नेता र शुभचिन्तकहरुले गर्ने गरिरहेका छन् ।
ज्ञवालीले टिममा कसैलाई चिडाउन रुचाउँदैनन, औधी विश्वास गर्छन र कामको प्रचार कम मात्रै गर्छन् । उनले बलियो सचिवालय बनाउन नसक्नु, सहकर्मीहरुको मिथ्यांकको समपरिक्षण नगर्नु, आन्तरिक बिवादलाई निर्वाचन अघिनै व्यवस्थापन गर्न नसकेको बिषय अहिले चियागफहरुले आउने गरेका छन् ।
गठबन्धनका दुई सारथी समाजवादी र माओवादी जिल्लामा शुन्य भए । चन्द्र भण्डारी र धनेन्द्र कार्की बिजयी भए । कांग्रेसको विजयी उत्सवमा माओवादी उभिएर फोटो खिच्ने हिम्मत छैन् । प्रतिनिधी सभामा समाजवादीको केन्द्रिय सचिव रामकुमारी झाँक्री पराजित बनिन् । पार्टी अध्यक्ष श्रीराम महतले पार्टीबाट राजिनामा दिए ।
गठबन्धनको चुनावी यात्रा कांग्रेसको लागि सुखद भएपनि समाजवादी र माओवादी पत्तासाप हुँदा निकै पीडादायी बन्यो । रामकुमारीले मनको बह पोख्ने खास मान्छे चुनावी अभियानमा नभएको पक्का हो । किनकी पार्टीको संरचना नै थिएन । केहि युवाले सामाजिक सञ्जालमा प्रतिपक्ष सरापेर मात्रै बसे । उनले विगतमा कांग्रेस र माओवादीको अन्तरघातको खेल एमालेमा रहेर बुझेकै थिइन् ।
गत स्थानीय तहमा एमाले आवेकका कारण बिचलित भएका अस्थिर मत जोडेर झाँक्री गठबन्धनसंग दौडिरहिन । व्यवस्थित कुनै कार्यक्रम भएनन् । सवैभन्दा ठुलो रणनीति मतको भेरिफाइ र मतदान प्रक्रियासम्म उपस्थित गराउने बिषयमा गठबन्धन कमजोर रह्यो । प्रतिनिधी सभा सदस्यको उम्मेदवार र पूर्व मन्त्री भएकाले चुनावमा सफल बनाउनेभन्दा श्रोतको उपभोगका लागि मात्रै नजिक घुमेकाहरुलाई झाँक्रीले पनि बेलैमा चिन्न सकिनन् ।
विभिन्न आशा बोकेर झाँक्रीसंग कांग्रेस नेतृत्व दौडिदा आफ्नो असल उम्मेदवार पराजित भएकोमा अहिले कांग्रेसीहरुलाई पीडा भएको छ । आन्तरिक पार्टी भित्रको घातका कारण कांग्रेसको जग र शालिन व्यक्ति भुवनप्रसाद श्रेष्ठ पराजित बने । अझ बिडम्बना त रेसुङ्गा नगरपालिकामा ०७४ मा मेयरमा पराजित श्रेष्ठ पुनः डिल्लीराज भुसालसंगै हारे ।
ठुलो कांग्रेसी घातको पीडामा श्रेष्ठ छन् । उनी नगरबाटै डराएका थिए । किनकी नगरभित्र घात तथा अन्तरघातको नराम्रो प्रतिस्प्रर्धा चल्छ । नगरबाट मत निषेध गर्दा पोल खुल्ने डरले इस्माबाट भुवन प्रसाद श्रेष्ठ पराजित भए । उनले मुसिकोटमा समेत आफुलाई राम्रोसंग उभ्याउने दाउ गरे । किनकी इस्माको मिथ्या सूचनाकै विश्वास श्रेष्ठमा थियो । उनी स्थानीय तहमा पाएको मत यथावत भएर पार्टी अन्तरघातको मिसाइल इस्मामा नपड्किएको भए रेसुङ्गाको मतले बिजयी बन्नेमा दुई मत थिएन् ।
बुद्धि जिसी माओवादीभित्र सम्भावना बोकेका नेता हुन् । धुर्कोट र मालिकामा स्थानीय सत्ता थियो । गुल्मी पश्चिममा केहि आश गर्ने संगठन पनि थियो । त्यो माथि कांग्रेसको मतमा बुद्धि जिसीले दौडमा सफलता खोज्नु स्वभाविक थियो । तर, आफ्नै संगठनको आत्मघाती रणनीतिको ब्रेक गर्न र कांग्रेस समाजवादीका नेताहरुले आफुहरुलाई मात्रै मत मागेका सूचनाको समपरिक्षण गर्न सकेनन् ।
वास्तविक धरातलको अवस्था मुल्यांकलन नगरेर पहिले नै प्रतिस्प्रर्धीसंगको मतान्तर बताउने र ओभर कन्फिडेन्सकै कारण जिसीलाई क्षति भएको बिश्लेषण एमाले तथा माओवादीकै नेता तथा कार्यकर्ताहरुले गर्न थालेका छन् । एमालेले कम र माओवादीले बढि आशा गरेको गुल्मी २ प्रदेश २ एमालेले पछिल्लोे अवस्थामा जोडेको आशा हो ।
गठबन्धनभित्र सवैभन्दा ठुलो घात भयो । माओवादीलाई सवैभन्दा धेरै कांग्रेसले नै मत नदिएको बिषय छताछुल्ल भएका छन् । जसको अर्को पीडा सुर्दशन बरालले भोगे । स्थानीय सत्ता भएकै ठाउँमा कार्यकर्ता जोगाउन सकेनन् ।
कांग्रेसले मत दिने सम्भावना कम रहेको स्थानीय तहबाटै प्रमाणित भएको बिषयलाई थप गृहकार्य नगर्ने माओवादी नेतृत्वप्रति पार्टीभित्रै आलोचना सुरु भएको छ । अहिले गठबन्धनको निकै कोलाहल मच्चिएको छ । प्रमुख प्रतिस्प्रर्धीभन्दा गठबन्धनकै आरोप प्रत्यारोपले सामाजिक सञ्जाल रंगिएका छन् ।
यो अन्तरघातको पासोमा प्रत्येक निर्वाचनमा नेताहरु पर्ने गरेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले समेत आधा करोडसम्म खर्च गरे भने पालिका प्रमुखसहितको नेतृत्वले कति खर्च गरेका होलान कल्पना गरौँ ।
त्यस्तै प्रदेश र संघीय निर्वाचनमा आयोगको आखाँ छलेर ५० लाखदेखि सात करोड खर्च गरेको सूचना बजारमा सुनिने गरेका छन् । यो खर्चको भिडमा असल राजनैतिककर्मीदेखि आडम्बरीहरु पनि छन् । तर अन्तरघातका कारण असल व्यक्तिको सम्पति र भविष्य सकिएको छ ।
प्रतिक्रिया थप्नुहोस्