साफ यू–१७ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित
×
काठमाडौं । भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको छ ।
समूह बी अन्तर्गत चाङल्मिथाङ स्टेडियममा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो । पाकिस्तानका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुहम्मद तल्हाले ८१औं मिनेटमा निर्णायक गोल गरे ।
मुहम्मद तल्हा अब्दुल घानीको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । नेपालले अब आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंका र बुधबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया थप्नुहोस्