बजेट सिध्याउने असारे विकास 

दाङ । आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’ को पुरानो प्रचलन तोड्न हरेक वर्ष सरकारी योजना बन्छन । बजेट सिध्याउनका लागि गरिने यस्ता विकासे गतिविधिमा ‘आर्थिक लाभ’ प्राप्तिको नियत छँदैछ, गुणस्तर पनि कमजोर हुने गर्छ । 

यस्तो पृष्ठभूमिमा संघीयदेखि स्थानीय तहसम्मका सरकारले यस आर्थिक वर्षमा पनि असारे विकासको पुरानो रोग निको पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर व्यवहारमा त्यो अनुभूत गर्न पाइएन ।

दाङको घोराही उपमहानगरपालिकाले पनि यसवर्ष असारे विकासका नाममा हुने चटारोे र अनियमितता शृङखला तोड्न विशेष रणनीति बनाउने भन्दै खुबै प्रचारबाजी गरेको थियो । तर आफ्नै प्रतिबद्धता विपरीत उपमहानगरपालिकाले अहिले घोराही बजार क्षेत्रमा मात्रै लाखौंको बजेट पोखिरहेको छ ।

घोराहीमा हतारमा विकास बजेट भुइँमा खन्याइएको मात्र छैन, मर्मतका नाममा चल्तीका सडकमा ‘धराप’समेत थापिएको छ । घोराही बजार क्षेत्रका सडक मर्मत गर्ने भन्दै सडकमा गिटी मात्रै खन्याइएको छ, जुन सवारीचालकका लागि धराप बनिरहेको छ । मूल सडकमा थापिएको यस्तो धरापमा परेर दिनहुँ चार–पाँच सवारी दुर्घटना भइरहेका छन । नागरिक दैनिकमा देवेन्द्र बस्नेतले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय