८ बैशाख २०८१, शनिबार

स्वास्थ्य चौकीका समस्या : भवन, औषधीदेखि, कर्मचारी बस्ने कुर्चीसम्म  

गुल्मी । जिल्लाका चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य चौकीमा सामाजिक परिक्षण गरिएको छ । राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको आयोजना र गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुवँरले जानकारी दिए ।

दुई स्थानीय तहका विभिन्न छ स्वास्थ्य चौकीमा गरिएको सामाजिक परिक्षणमा भवन, औषधीदेखि कर्मचारी बस्ने कुर्चीसम्मका समस्या देखिएका छन । स्वास्थ्य चौकीका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई, पर्याप्त औषधी उपलब्ध नहुनु, कर्मचारी अभाव, सुचनापाटी तथा गुनासो पेटिकाको व्यवस्था नराख्नु लगायतका समस्या छन । यति मात्रै हैन केही स्वास्थ्य चौकीमा कर्मचारी बस्ने कुर्चीको समेत अभाव रहेको कुवँरले बताए ।

स्वास्थ्य चौकीमा बिरामीले पिउनका लागि खानेपानीलगायतको अभाव रहेको स्थानीयहरुले गुनासो गरे । कार्यक्रमका क्रममा उठेका प्रश्नहरुको गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले जवाफ दिए । 

कार्यक्रमको नार्डेकका कार्यकारी निर्देशक कुवँर, हरिकृष्ण विक, ठानेश्वर अर्याल, सञ्चारकर्मी द्धय डिबि खड्का र सन्तोष महताराको सहजीकरण गरेका थिए । 

सन्तोष महताराको सहयोगमा
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्