६ बैशाख २०८१, बिहीबार

सधै रुने किशोरले यसपाली तीजमा यसरी धुलो उडाए 

बुटवल । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यो समय कलाकारहरुलाई तीज गीत रेकडिङ्ग, भिडियो छायाँकन गर्नमा भ्याईनभ्याई छ । यसैक्रममा विष्णु ढकालको तीज गीत ‘धुलो जमिन’ सार्वजनिक भएको छ ।

विष्णु बराल र विष्णु श्रीपालीको स्वर रहेको यो गीतमा बासुदेव पोखरेलको शब्द तथा पवन परियारको लय सिर्जना रहेको छ । पछिल्लो समय सवैलाई सधै रुवाउने मोडल किशोर खत्री गीतको म्युजिक भिडियोमा छमछमी नाचेका छन । उनीसँगै विष्णु ढकाल र निर्मला जीएमको पनि अभिनय रहेको छ । 

दिपक गिरीको छायाँकन, सिर्जन बरालको निर्देशन र अमृत चापागाईको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्