४ बैशाख २०८१, मंगलबार

सहकारी क्षेत्रको कर सबैलाई समान गर्न सहकारीकर्मीहरुको माग

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् ।     ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । 

वित्तीय कारोबार गर्ने सबै सहकारीलाई आयकरमा समान व्यवस्था गनु पर्नेमा सहभागीहरुको जोड थियो ।     

कार्यक्रममा सहकारी संघ संस्थाहरुमा कर सम्बन्धी व्यवस्था विषयमा करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले सहजीकरण गरेका थिए । उनले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुले २० प्रतिशत नै कर तिर्नु उनको भनाइ छ ।     

सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रतिशत तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।     

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नु पर्ने र आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिए । सहकारी क्षेत्रमा लगाइदै आएको आयकरलाई व्यवस्थित गर्नका लागि सबैका बीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।    

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु पर्नेमा जोड दिए । उनले सबै सहकारीले राज्यले दिएको सेवा सुविधा पाउनुपर्ने त्यसका लागि अभियानले समन्वय गर्न आवश्यक रहेको बताए ।

विभिन्न विषयका ५० भन्दा बढी सहकारी संघ संस्थाका २ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी सम्बन्धी कर लगायतका विषयमा सहभागीहरुले जिज्ञासा, सुझाव राखेका थिए ।     

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्