बर्षा नहुँदा कपिलवस्तुका किसान मारमा

कपिलवस्तु । सिँचाइ सुविधाको अभावमा हरेक वर्षजस्तै यसवर्ष पनि कपिलवस्तुका अधिकाँश किसानले समयमै धानको विउ राख्न पाएका छैनन । असारको तेस्रो सातासम्म पनि बर्षा नहुँदा बल्लतल्ल महगों मुल्य तिरेर बोरिङ्ग, पम्पोसेटबाट धानको विउ राखेका कतिपय किसानले लामो समय वर्षा नहुँदा आकाशे पानीको भर पर्नु पर्ने बाध्यताका कारण रोपाइ गर्न नपाएको डेमकला पौडेलले गुनासो गरिन ।

देशका कतिपय स्थानमा असार १५ गतेसम्म रोपाइ सम्पन्न भएपनि सिंचाइ सुविधाको अभावमा कपिलवस्तुका अधिकाँश किसानको खेत बांझो रहेकाले सरकारसँग भरपर्दो सिँचाइ सुविधाको माग गरेका छन । कपिलवस्तुको कुल ८३ हजार हेक्टर खेती योग्य जमिन मध्ये झन्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गर्दछ । 

झन्डै ३५ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्र सिंचाइ सुविधा छ भने बांकी आकाशे पानीको भरमा खेती गर्न किसान हरेक वर्ष बाध्य छन । कृषि ज्ञानकेन्द्र कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा हालसम्म १० प्रतिशतको हाराहारीमा रोपाइ भएको अनुमान छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय